सोलुको विद्युत खपत नै हुदैन

सल्लेरी, जेठ २३ गते । सल्लेरी च्याल्सा विद्युत कम्पनी प्रा.लि.द्धारा वितरित विद्युत त्यत्तिकै खेर गईरहेको छ । बिद्युतको सेवा क्षेत्रमा कुनै पनि कलकारखाना र उद्योगधन्दा नहुँदा यसको कम खपत भएको सल्लेरी च्याल्सा विद्युत कम्पनीका प्रबन्धक रामेश्वर मास्केले बताउनु भयो । कम्पनीका अनुसार दैनिक ६ सय ३३ किलोवाट उत्पादन हुने उक्त विद्युत दिउसो ४ सय र विहान बेलुका ४ सय ८५ किलोवाट मात्र खपत हुने गरेको हो ।
सोलु खोलाबाट विद्युत उत्पादन गरी सोलुखुम्बुको सदरमुकाम र आसपासका विभिन्न क्षेत्रमा गरी १ हजार ८ सय घरधुरीलाई विद्युत प्रसारण गरिरहेको कम्पनीको विद्युत दिउँसो २ सय ३३ किलोवाट खपत हुन नसकेको सल्लेरी च्याल्सा विद्युत कम्पनीका प्रवन्धक मास्केले बताउनु भयो । उहाका अनुसार विहान बेलुका १ सय ५० किलोवाट विद्युत खपथ हुन नसकेको हो ।
कम्पनीको विद्युत खपत नहुँदा कम्पनीले लाखौं विद्युत महसुल गुमाईरहेको छ । सल्लेरीमा उद्योगको नाममा दुई वटा छापाखाना, दुईवटा डिजीटल कलर ल्याब र दुईवटा मील मात्र चलेका छन् । राष्ट्रिय प्रसारण लाइन जिल्लाबाट नजिकको दुरीमा भए जडान गरी कम्पनीको खेर गएको विद्युत उपयोगमा ल्याउन सकिने विज्ञहरु बताउँछन् । तर राष्ट्रिय प्रसारण लाईनको सव स्टेशन नजिक नहुदा समस्या भएको हो ।

दैनिक खेर गएको विद्युतलाई उपयोग गर्न सकेमा कम्पनीले ठूलो फाइदा लिन सक्ने सञ्चालक समितिका सदस्यहरुले बताएका छन् । खेर गएको विद्युतलाई उपयोगमा ल्याउनका लागि राष्ट्रिय प्रसारण लाईनलाई चाँडो विस्तार गर्नुपर्ने यहाँका नागरिकहरु बताउँछन् । यसबाट ग्रामीण विद्युतीकरण समेत हुने उनीहरुको ठहर छ । स्वीस सरकार र तत्कालीन श्री ५ को सरकारको संयुक्त लगानीमा निर्मित विद्युत कम्पनीले वि.सं. २०४७ साल फागुन ६ गतेदेखि विद्युत प्रसारण भईरहेको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.