दिल्लीमा प्रधानसेनापतिले भेटे रक्षामन्त्री र सुरक्षा सल्लाहकार

काठमाडौं, जेठ २५ गते ।भारतका रक्षामन्त्री निर्मला सिथारमणले नेपाली सेनालाई सहयोग थप बढाउने वचन दिएकी छन् । बिहिवार दिल्लीस्थित आफ्नो कार्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई स्वागत गर्दै उनले दुई सेनाबिचको सुदृढ सम्बन्धप्रति खुशी व्यक्त गरेकी छन् ।
‘नेपाली सेनासंग भारतीय सेनाको सम्बन्ध संसारकै उत्कृष्ट छ । यो सम्बन्ध थप सुदृढ गर्दै आपसी हितमा अघि बढनु पर्छ , भारत सहयोगका लागि प्रतिबद्ध छ’, रक्षामन्त्रीलाई उदृत गर्दै दिल्लीस्थित नेपाली दूतावास स्रोतले भन्यो । दुई पक्षबीच छिट्टै संयुक्त परामर्श समितिको बैठक बसेर आपसी मुद्दामा छलफल हुने पनि रक्षामन्त्री सिथारमणको भनाइ थियो ।

जवाफमा प्रधानसेनापति क्षत्रीले रक्षा सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिएको नेपाली दूतावास दिल्लीले बिज्ञप्तीमा जनाएको छ । बिज्ञप्तीमा भनिएको छ, ’उहाँहरू बीच दुई सैनिकबिच्को सम्बन्ध नेपाल भारत सम्बन्धको महत्त्वपूर्ण पक्ष हो भन्नेमा छलफल भएको छ ।’

प्रधानसेनापति क्षत्रीले बिहीबार नै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल, रक्षा सचिब सन्जय मित्र, सेनाध्यक्ष बिपिन रावत, जल सेनाका अधिकारीसङ्ग बेग्लाबेग्लै भेट गतेका थिए । प्राधानसेनापती ६ दिने औपचारिक भ्रमणका क्रममा भारतमा छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.