असार मसान्तभित्र महाधिवेशन गर्न राजपालाई आयोगको पत्र

काठमाडौं, जेठ २५ गते । निर्वाचन आयोगले असार मसान्तभित्र महाधिवेशन गरी आयोगमा जानकारी गराउनु भन्दै राजपालाई पत्र काटेको छ । राजपाको विधानको धारा २२ को उपधारा(१०) मा केन्द्रीय महाधिवेशन एक वर्षभित्र सम्पन्न गर्ने उल्लेख भएको भन्दै आयोगले पत्रमा निर्धारित समयभित्रै महाधिवेशन गरी जानकारी गराउन अनुरोध गरेकाे छ ।

गत वर्ष ५ वैशाखमा ६ मधेस केन्द्रित दलको एकताबाट राष्ट्रिय जनता पार्टी(राजपा) को गठन भएको थियो ।

महाधिवेशन लगायतका विषयमा छलफल गर्न राजपाले शुक्रबार राजनीतिक समितिको बैठक बोलाएको थियो । तर, बिहिबार बसेको अध्यक्ष मण्डलको बैठकले शुक्रबार बोलाइएको राजनीतिक समितिको बैठक ४ असारलाई सारेको छ । बैठक सार्ने निर्णयमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले असहमति जनाएको राजपाका एक नेताले जानकारी दिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.