सरकारसँग असन्तुष्ट लोकसेवा आयोग

काठमाडाैँ। लोकसेवा आयोगले निजामति कर्मचारीहरुको अवकाश उमेर ५८ बर्ष कायमै राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

संघीय मामिला मन्त्रालयले तयार पारेको संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदामा कर्मचारीको अवकाश उमेर ५८ बर्ष कायमै राखिएको छ ।

हाल मन्त्रालयले सो ऐनको मस्यौदामा सहमतिका लागि कानुन् मन्त्रालयमा पठाएको छ ।

कानुन् मन्त्रालयले सहमति दिएमा सहमितका लागि लोकसेवा आयोगमा पनि पठाउने तयारी भएको संघीय मामिला मन्त्रालयले जनाएको छ ।

लोकसेवा आयोगले भने यसअघि नै कर्मचारीको अवकाश उमेर ६० बर्ष राख्न सरकारलाई सुझाव दिदै आएको छ ।, आजको नागरिकमा यो खबर छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.