कम्प्युटरसँगै रम्दै विद्यार्थीहरु

सोलुखुम्बु, जेठ २६ गते । सोलुखुम्बुको छेस्काम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पहिलो पटक यस शैक्षिक सत्रबाट कम्प्युटर कक्षा लिन पाएका छन् । छेस्काम माध्यमिक विद्यालयमा कक्षा ६ देखि माथिका विद्यार्थीहरुले कम्प्युटर कक्षा लिन थालेको विद्यालयका प्रधानाध्यपक गुरु प्रसाद राईले बताउनु भयो ।
कम्प्युटर कक्षा सञ्चालनका लागि नागरिक मेरी कृष्टिलेरोसले छेस्काम माध्यमिक विद्यालयलाई ४८ थान डेल कम्पनीको ल्यापटप हस्तान्तराण गरेसम्गै विद्यालयले कम्प्युटरको कक्षा पनि सञ्चालनमा ल्याएको हो । विगत लामो समयदेखि विद्यालयलाई विभिन्न प्रकारका शैक्षिक सामाग्री उपलब्ध गराउदै आउनु भएका क्यनेडियन नागरिक मेरी कृष्टिलेरोसले यस शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्नेगरि कम्प्युटर उपलब्ध गराएको थियो । हालसम्म कम्प्युटरको कक्षामा विषयगत पढाई मात्र गर्दै आएको छेस्काम माध्यमिक विद्यालयले प्रयोगात्मक कक्षा पनि सञ्चालनमा ल्याएको विद्यालयले जनाएको छ ।
कक्षा ६ देखिमाथिका विद्यार्थीहरुेले विद्यालयको विषयगत कक्षा शिक्षण कै कम्प्युटर सिक्न पाएपछि विद्यार्थीहरु उत्शाहित बनेको प्रधानाध्यपक राईले बताउनु भयो । जिल्लाको सबैभन्दा विकटको माध्यमिक विद्यालयको रुपमा परिचित उक्त माध्यमिक विद्यालयले कम्प्युटर कक्षा सञ्चालनमा ल्याएपछि भएपछि विद्यार्थीहरु पनि खुशी भएका हुन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.