यो माया कस्तो माया(भिडियो)

चलचित्र ‘यो माया कस्तो माया’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । एसकेएन सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्र ‘यो माया कस्तो माया’को राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

चलचित्रका मुख्य कलाकार दिवस धिताल र सभ्यता गिरी लाई फिचर गरिएको गीतमा फिरोज बस्नेत र अन्जु पन्तको आवाज रहेको छ ।
कलेज उमेरमा हुने प्रेमी र प्रेमिका बीचको माया देखि लिएर अहिलेसम्म कसैले परिभाषित गर्न नसकेको मायाको परिभाषाको खोजी गरिएको भनिएको चलचित्रका प्रस्तुतकर्ता किसान पोख्रेल हुन ।

भुषण आनन्द ठकुरीको निर्देशनमा तयार भएको चलचित्रको कथा ठकुरी आफैँले लेखेका हुन । चलचित्रमा अर्जुन पोख्रेलको सङ्गीत, शंकर महर्जनको द्वन्द, कबिराज गहतराज, रामजी लामिछाने, बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी, अर्जुन बिशीको सम्पादन तथा दिब्य सुबेदीको छायाँकन रहेको छ ।

प्रेम एकजनासँग हुन्छ र बिवाह अर्कोसँग हुन्छ, प्रेम भएकोसँग विवाह हुँदैन र विवाह भएकोसँग प्रेम हुँदैन भन्ने बिषय मा बनेको ‘यो माया कस्तो माया’ लाई काठमाण्डौं, दोलखा तथा दार्जिलिङ लगायतका स्थानहरुमा छायाँकन गरिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.