कक्षा ११ र १२ मा अब गणित विषय नरहने

काठमाडौं । सरकारले कक्षा ११ र १२ लाई माध्यमिक तहमा समायोजन गरेसँगै पाठ्यक्रम पनि व्यापक हेरफेर गरेकाे छ । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालय तहको पाठ्यक्रमको प्रारुपअनुसार अब कक्षा ११ र १२ मा गणित विषय नपढे पनि हुने भएको छ । गणितलार्इ अनिवार्य विषयबाट हटाइएकाे हाे ।

शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले जेठ १८ गते साे पाठ्यक्रम पारित गरिसकेको अन्नपूर्ण पोस्टमा समाचार छ ।

तर शिक्षाविद् र गणितका विज्ञहरुले भने गणितजस्ताे व्यावहारिक र महत्वपूर्ण विषयलार्इ हचुवाको भरमा पाठ्यक्रमबाट विस्थापन गर्न खाेजेकाे अाराेप लगाएका छन् । साे निर्णय सच्याउन उनीहरूले सरकारलाई आग्रह समेत गरेका छन्।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.