पर्यटन क्षेत्रबाट वार्षिक १ खर्ब ५५ अर्ब आम्दानीको लक्ष्य

जेठ २७, सरकारले पर्यटन क्षेत्रबाट आगामी तीन वर्षभित्र वार्षिक १ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । सरकारले सार्वजनिक गरेको मध्यकालीन लक्ष्यअन्तर्गत तीन वर्षभित्र वार्षिक २० लाख पर्यटक भित्र्याउने र आम्दानी डेढ खर्ब पुर्याइने छ ।
आर्थिक वर्ष २०७५-७६ मा १२ लाख पर्यटक भित्र्याउने तथा आर्थिक वर्ष २०७६-७७ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य तय गरिएको छ । गत वर्ष ९ लाख ५३ हजारमात्रै पर्यटक नेपाल भ्रमणमा आएका थिए भने गत वर्ष ५४ अर्ब रुपैयाँ पर्यटन क्षेत्रबाट आम्दानी भएको तथ्यांक छ ।
सरकारले ग्रामीण स्तरसम्म पर्यटन क्षेत्रको लाभ पुर्याउने लक्ष्य राखेको छ । सरकारले पर्यटनको बसाई अवधि बढाएर तीन वर्षभित्र १४.७ दिन पुर्याउने लक्ष्य राखेको छ भने प्रतिपर्यटक दैनिक खर्च ६६ डलर पुर्याउने लक्ष्य राखिएको छ । गत वर्ष पर्यटकले प्रतिदिन ५३ डलरमात्रै खर्च गरेको तथ्यांक छ । यस्तै, गत वर्षको तथ्यांकमा पर्यटकको बसाई अवधि १३.४ दिनमात्रै रहेको छ ।
यस्तै, सरकारले पर्यटन आयको कुल राष्ट्रिय उत्पादनमा योगदान ४ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । योजना आयोगले सार्वजनिक गरेको मध्यकालीन खर्च लक्ष्य कार्यक्रममा यस्तो लक्ष्य राखिएको हो ।
हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत हाराहारीमात्रै छ । पर्यटन क्षेत्रबाट१ लाख ६० हजार वार्षिक रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । हाल पर्यटन क्षेत्रबाट बार्षिक ९५ हजारले मात्रै रोजगारी पाइरहेका छन् ।
सरकारले तीन वर्षमा पर्यटन क्षेत्रमा वार्षिक १५ अर्ब ३ करोड ८३ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । चालू खर्च ३३ अर्ब ८१ लाख खर्च हुने अनुमान गरेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.