फाप्लुबाट नाम्चे हुँदै आधार शिविरसम्म केवलकार सञ्चालन हुने

२७ जेठ-प्रदेश १ को सरकारले सगरमाथाको वेसक्याम्पसम्म केबलकार चलाउने योजना अघि सारेको छ ।
प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले आइतबार प्रदेशसभामा पेश गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा फाप्लुबाट नाम्चे हुँदै आधार शिविरसम्म केवलकार चलाउन सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ ।
यस्तै फुङ्गलिङ्ग-पाथिभरा, धरान-भेडेटार, जयरामघाट-हलेसी, वराहक्षेत्र-सूूर्यकुण्ड, वाह्रविसे-सभापोखरी, केरावारी-जेफाले र अन्तुडाँडा- मंगलवारे लगायतका स्थानमा पनि केबलकार चलाउन सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारले चतरा सुनकोशी जलमार्ग संचालनको संभाव्यता अध्ययन गर्ने बताएको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा केही महत्वकांक्षी योजनाहरु पनि अघि सारेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.