नकारात्मक सोचले कसरी निम्त्याउँछ रोग ?

हाम्रो शरीर वाहिरवाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन । हामीले शरीरलाई एउटा ठोस आकारको देख्छौ र लिन्छौ तर शरीर भित्र अनगिन्ती कोषहरु, नसाहरु, रगतनलीहरु, मुटु, फोक्सो, कलेजो आदि धेरै अङ्गहरु छन भने टाउकोभित्र मष्तिस्क र यसका अनगिन्ती कोषहरु छन् । वैज्ञानिकहरु भन्छन शरीर एउटा शक्ति मात्र हो र यो इनर्जीमा कम्पन भइराखेको छ । शरीर नै शक्ति हो भने हाम्रा विचारहरु, भावनाहरु सवै शक्ति भए।

हाम्रो शरिरलाई विभिन्न रोगहरुबाट वचाउन शरिर भित्रै, प्रतिरोधात्मक क्षमता छ अर्थात् रोगहरुसँग लड्ने निकै शक्तीसाली फौज छ वा आर्मी छ । रोगसँग लड्ने यो प्रतिरोधात्मक क्षमता यति बलियो छ कि हरेक किसिमका रोगका किटाणुहरुलाई मार्न सक्छ। निस्कृय पार्न सक्छ। जव हाम्रो यो प्रतिरोधात्मक क्षमता वा कमजोर हुन्छ, शरिरमा रोगले आक्रमण गर्न थाल्दछन् र जति प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यति रोगले जकड्दै जान्छ।

रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता जति बलियो छ त्यति हामी निरोगी हुन्छौ । प्रश्न आउँछ, कसरी यो क्षमतालाई कमजोर हुन नदिने वा वलियो वनाई राख्ने ? हाम्रो जीवनशैलीमा ध्यान दियौं भने सजिलै छ । जस्तै चुरोट, सुर्ती, खैनी आदि सेवन नगर्ने, फलफूलहरु, हरियो सागपात, गेडागुडी आदी खानामा समावेस गर्ने, बढी चिल्लो खानेकुराहरु र चीनीको प्रयोग सकेसम्म कम गर्ने गर्दा रोगसँग लड्न सक्ने क्षमता कमजोर हुँदैन रहेछ । तर यतिले मात्र पुग्दैन । नियमित शारिरिक व्यायाम गर्ने, आफ्नो तौल वढ्न नदिने अर्थात् नमोटाउने र प्रदुषित वातावरणबाट वच्नुपर्दो रहेछ । सरसफाईमा ध्यान दिने, सात घण्टा नियमित सुत्ने, जकफुड नखाने र मानसिक तनाव छ भने त्यसको व्यवस्थापन गर्नु पर्दो रहेछ।

एउटा महत्वपूर्ण कुरा त अझ वाँकी नै छ, त्यो हो नकारात्मक भावनाहरु र विचारहरु । भनिन्छ ८५ प्रतिशत जति रोगहरु हृदय रोग र क्यान्सर लगायत नकारात्मक भावनाहरु र सोचहरुबाट प्रभावित हुन्छन्। यी नकारात्मक भावनाहरु र सोचहरुले रोगसँग लडने प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्छन्।

एउटा उदाहरण
धेरै वर्ष पहिले हिमाली क्षेत्रको एउटा गुफामा एकजना सिद्ध पुरुष बस्नुहुन्थ्यो । उहाँलाई भेट्न र ज्ञान सिक्नको लागि धेरै टाढा–टाढा वाट मानिसहरु आइरहन्थे । नजिकैको गाउँबाट भेडा चराउन एउटा गोठालो त्यहीँ गुफा नजिकै आउने रहेछन् । मानिसहरुको आवत–जावत र त्यो गुफा वरीपरी भिड लागिरहेको हेर्दै दिन बिताउन गाठालोलाई सजिलो लाग्ने रहेछ । मानिसहरु ति सिद्ध पुरुषसँग के सिक्न आउने रहेछन् ? जान्ने उत्सुकता गोठालोलाई लागेछ र एकदिन अरु मानसिहरु नभएको बेला पारेर सन्तकहाँ गएछन् र अनुरोध गरेछन्, ‘मलाई पनि केही सिक्न मन लाग्यो । के मैले सिक्न सक्छु?’

ति सिद्ध पुरुषले गोठालोलाई भनेछन्, ‘हुन्छ सिक्न सक्छौ । तिमीले २ वटा झोला तयार पारेर लिएर आउ ।’ गोठालोले २ वटा झोला लिएर आएछन् । सन्तले भने, ‘तिमी जुन ठाउँमा वसेर धेरै समय विताउँछौ । त्यहाँ सेतो र कालो रंगका ससाना ढुङ्गाहरु जम्मा पार । एउटा झोला आफ्नो दाहिनेतर्फ र अर्को वायाँतर्फ राख । अव तिमीले तिम्रो मनमा हेर, मनमा कस्तो विचारहरु आउने रहेछन् हेर । राम्रो विचार आए एउटा सेतो ढुङ्गा दाहिने तिरकोे झोलामा राख । नराम्रो विचार आए वायाँ तिरको झोलामा कालो ढुङ्गा राख । २/३ दिन यो प्राक्टिस गरेपछी भेट।’
गोठालोले पनि सन्तले भने जस्तै गर्न लागेछ । आफ्नो बारे, आफ्ना गाउँका मान्छेहरु बारे, भेडाहरु बारे नराम्रो वा खराव विचारहरु मात्र वढी आउने रहेछन्।

तीन दिनपछि सन्तकहाँ आएर गोठालोले आफ्नो अनुभव बताएछन् । ‘सुरु–सुरुमा यस्तै हुन्छ, तिमी आफ्नो मनमा हेर्ने र ढुङ्गा झोलामा राख्ने प्राक्टिस गरिराख । केहिी समयपछि फेरी भेट,’ सन्तले भने । गोठालोले जति प्राक्टीस गर्दै गए नराम्रा बिचारहरु घट्दै गएको र राम्रा विचारहरु वढ्दै गएको अनुभव गर्न थाले।

भनिन्छ ७५ प्रतिशत हाम्रा विचारहरु नकारात्मक हुन्छन् र तिनैको प्रभावमा हामी हुन्छौ । विचार पनि यति छिटो–छिटो आउने र जाने गर्छन् कि हामीलाई थाहा पाउन नै मुस्किल हुन्छ । मन एकत्रीत गरेर विचार हेर्न लाग्यो भने केह िसमयप्ीद्ध आफ्नो विचार पहिल्याउन सक्ने भइन्छ । जव विचारहरुलाई चिनिन्छ, नकारात्मक विचार आयो भने किन आयो, के सन्दर्भमा आयो थाहा पनि पाइन्छ । यदि नराम्रा विचारहरु आएर दुःख दिने रहेछन् भन्ने थाहा पाइयो भने ति स्वत घटन थाल्छन र राम्रा विचारहरु वढदै जान्छन् अर्थात् सहयोगी भाव, प्रेम भावहरु बढदै जान्छन ।
नकारात्मक भावनाहरुमा रिस, लोभ, घृणा, ईष्या र डरहरु मुख्य मानिन्छन्, त्यसो त अरु धेरै नकारात्मक भावनाहरु पनि छन्। त्यसैले शरिर, मन र वचनले कसैको हानी नगर्नु, कसैको चित्त नदुखाउनु भनेको होला । नकारात्मक भावबाट मुक्त हुनको लागी आफुले कसैको मन दुखाएको भए आफैलाई माफ गर्ने र अरुले आफ्नो मन दुखाएको भए अरुलाई माफ गर्ने अभ्यास गर्नुपर्छ । प्राय अरुलाई माफ गर्न मानिसहरु तयार हुँदैनन, आफूभित्रको अहंले गर्दा वदलाको भावना लिइरहन्छन् । जुन नकारात्मक भाव हो । यस्तो गर्नु आफ्नै खाल्डो खन्नु हो, किनकि रोगसँग लड्ने क्षमता आफ्नै घट्छ र रोगको शिकार भइन्छ । कुनै सर्त विना आफ्नो मन दुखाउने, आफुलाई दुःख दिनेहरुलाई आफ्नो मन मनै माफी दिनु उत्तम हो ।

मन दुखाउने व्यक्तिहरु कहाँ गएर वा भेटेर ‘मैले माफी दिए’ भन्नु पर्दैन । आफ्नो मनको भावमा परिवर्तन गर्ने हो, रिसको भाव, इष्र्याको भाव र वदलाको भावको भारी विसाउने हो। आफु ति भाववाट मुक्त हुनु हो । तर केहि व्यक्तिहरु अरु प्रति रिस, घृणा र वदलाको भावना वोकेका कारण चिन्ता रोग, डिप्रेसनका लक्षणहरु लिएर आउने गरको मैले भेटेको छु । एकजना अधवैंसे महिला लामो समयदेखि टाउको दुख्ने, मन निराश हुने र निन्द्रा नलाग्ने समस्या लिएर आउनु भयो । खोतल्दै जाँदा उहाँलाई डिप्रेसन भएको रहेछ । मानसिक तनाव दिने कारणहरु सोद्धा उहाँलाई सवै आफन्तजनले धोखा दिएका छन्, दुःख दिएका छन र सताएका छन् भन्नुभयो । तनाव कम गर्नु प¥यो। मनमनै तिनीहरु सवैलाई माफ गर्नुस अनि छिटो निको हुनुहुन्छ भन्दा ‘कुनै पनि हालतमा माफ गर्न त सक्दिन’ भन्नुभयो ।’

त्यस्तै हामी धेरै कुराहरुलाई लिएर डराइरहेका हुन्छौं । चिन्ता लिइरहेका हुन्छौं । जस्तै परिवारका सदस्यहरुलाई केहिी हुन्छ कि ? आफूलाई रोग लाग्छ कि ? दिमागले काम गर्दैन कि ? आदि आदि । आफ्नो परिवारसँग समय विताउदा वच्चाहरुसँग खेल्दा, योगा वा ध्यान गर्दा यी नकारात्मक सोचहरु घट्छन्।

नकारात्मक भावनाहरुले मानसिक तनाव बढ्छ । लगातारको मानसिक तनावले रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमता ह्रास हुन्छ र कुनै रोगले आक्रमण गर्छ । रोग लागेपछि यसले मानसिक तनाव अझ वढाउँछ र रोग घटनुका सट्टा वढ्छ । त्यसैले जो व्यक्तिहरु आक्रमक खालका छन्। रिसाहा प्रवृत्तिका छन्। जहिले पनि दौडधुप मात्र गर्छन् र आराम गर्न चाहँदैनन, निन्द्रा पुग्दैन, खानपिनमा ध्यान दिदैनन् । परिवारसँग समय विताउँदैनन्, उनीहरुलाई वढी स्वास्थ्य समस्याहरु हुन्छन् र कतिलाई हृदयघात हुने खतरा समेत हुन्छ । नकारात्मक सोचहरुले मानसिक तनाव वढाउँछन्। लगातारको मानसिक तनाव महिनौंसम्म रहीरहेमा शारिरको रोगसँग लड्ने क्षमता घट्छ र विभिन्न रोगहरुले सताउन थाल्छन्। नकारात्मक सोचहरु वढी आउनु भनेको चिन्ता बढ्नु हो र जति चिन्ता बढ्यो त्यति डर लाग्ने र आत्तिने हुन्।

त्यसैले रिसलाई, निराशापनलाई, डरलाई र मानसिक तनावलाई वेवास्ता नगर्नुस् र आफ्नो जीवन शैलीलाई सुधार्नुस् । स्वस्थ्य रहन चाहनुहुन्छ र आनन्दको जीवन जीउन चाहनुहुन्छ भने यो नै मन्त्र हो।
-डा. कपिल देव उपाध्याय/मनोचिकित्सक

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.