नृत्य बच्चादेखि वृद्धसम्म फाईदा नै फाइदा

लयबद्ध तरिकाले संगीतको तालमा गरिने शारीरिक क्रियाकलाप हो नृत्य। मनोरञ्जनका रुपमा हेरिने नृत्यमा स्वास्थ्यलाई सकारात्मक असर गर्ने गुण हुन्छ। शरीर, मन र भावनाको त्रिगुणात्मक संयोग हुने यो कलाले स्वस्थ बनाइराख्न भूमिका खेल्छ।

नृत्यका फाइदा
– शारीरिक, मानसिक र भावनात्मक कसरत हुन्छ।
– शरीर,मन र भावनाको तालमेलले जागरुक बनाइराख्छ।
– प्रफुल्लता बढाउँछ। प्रसन्न राख्ने हर्मोनहरु (जस्तैः इन्डोर्फिन, सेरेटोनिन) को मात्रा बढाउँछ।
– शारीरिक दुखाइ कम गर्छ।
– सामाजिक स्वास्थ्यलाई बढाउँछ। सामाजिक अन्तक्र्रिया बढाउँछ। हिनताबोधको अन्त्य गर्न मद्दत गर्छ।
– जीवनको गुणस्तर बढाउँछ।

अनुसन्धानहरुले नृत्य गर्नाले बच्चा, वयस्क तथा वृद्धलाई निम्न प्रकारका फाइदा हुने पुष्टि गरेको छ।

नृत्य र बच्चाको स्वास्थ्य
– मोबाइल गेम, ल्यापटप गेम आदिको लतबाट छुट्कारा दिन्छ।
– शारीरिक कसरतको काम गर्छ। हड्डिहरुलाई बलियो बनाउँछ। शारीरिक व्यायामको क्षमता बढाउँछ।
– तन र मन फुर्तिलो राख्छ। तौल घटाइ शरीरलाई कसिलो बनाउँछ। शरीर लचिलो बनाउँछ।
– फोक्सोको क्षमता बढाउँछ। मुटुलाई बलियो बनाउँछ। धड्कन घटाउँछ।
– बच्चाहरुको व्यक्तित्व विकास गर्छ।
– बच्चामा सहयोगी भावना र मिलेर काम गर्ने बानीको विकास हुन्छ। जसले गर्दा सामाजिक स्वास्थ्यको विकास हुन्छ।
– पारिवारिक अन्तक्र्रिया बढाउँछ। बच्चाहरुको मानसिकता बुझ्न सहयोगी हुन्छ।
– आफूलाई चिन्ने, बुझ्ने र मनको संयम गर्न सक्ने क्षमता विकास गर्छ।

नृत्य र वयस्कको स्वास्थ्य
– तनाव तथा तौल घटाउँछ।
– प्रफुल्लता बढाउँछ। जागरुक बनाउँछ। मानसिक शान्ति दिन्छ।
– शरीर, मन र भावनाको सन्तुलन बनाइराख्छ।
– जीर्ण र पुराना दुखाइहरुको तीव्रता घटाउँछ।

नृत्य र वृद्धको स्वास्थ्य
– शारीरिक सन्तुलन बढाउँछ। वृद्धावस्थामा देखिने लड्ने समस्यामा कमी आउँछ।
– शारीरिक स्फूर्ति कायम राख्छ।
– प्रफुल्लता बढाउँछ। जागरुक बनाउँछ। मानसिक शान्ति दिन्छ।
– वृद्धावस्थामा हुन सक्ने हीनताबोध, एक्लोपन तथा तनाव घटाउँछ।
– मानसिक तथा भावनात्मक रुपमा बलियो बनाउँछ।
– शरीर, मन र भावनाको सन्तुलन बनाइराख्छ।
– हड्डीहरुलाई बलियो बनाउँछ।
– सामाजिक रुपमा जोडिएको अनुभूति दिन्छ।
-डा रविनलाल श्रेष्ठ/योग तथा प्राकृतिक चिकित्सा विज्ञ

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.