विश्वकपमा गोल्डेन बल कसले जित्ला?

जेष्ठ २९/एजेन्सी– विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ फुटबल विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधि पनि पछ्याई रहेका हुने छन्, त्यसमध्ये उत्कृष्ट खेलाडीले जित्ने गोल्डेन बल पनि एक रहेको छ ।
२०१४ विश्वकपमा उपविजेता भएबावजुद अर्जेन्टिनाका लियोनल मेस्सीले गोल्डेन बलको उपाधि जितेका थिए । यस पटक विश्वकपमा मेस्सीसहित कैयौं खेलाडी गोल्डेन बलको प्रतिस्पर्धामा हुने छन् । तीमध्ये एक मेस्सीको चिरपरिचित प्रतिद्वन्दी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि रहेका छन् ।

पोर्चुगललाई सेमिफाइनलसम्म पुर्‍याउन सके रोनाल्डो पनि यस उपाधिको प्रवल दाबेदार मानिने अनुमान रहेको छ । ब्राजिललाई यस पटक बलियो दाबेदार मानिएकाले उसका स्टार खेलाडी नेयमारलाई पनि मेस्सी र रोनाल्डोसंगै दाबेदार मानिएको छ । अर्को दाबेदार रहेको छ फ्रान्स ।

फ्रान्सबाट एन्टोइन ग्रिजम्यान र १९ वर्षे फरवार्ड किलियन एम्बाप्पे गोल्डेन बलको दौडमा रहने विश्लेषकहरुले अनुमान गरेका छन् । स्पेनबाट मिडफिल्डर इस्को र जर्मनीबाट थोमस मुलर र टोनी क्रुसलाई पनि यो उपाधि जित्न सक्ने नामहरुका रुपमा लिइएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.