सगरमाथा क्षेत्रको पर्यटन प्रर्वद्धनको मेरुदण्ड सुर्के सडक र होटल

सोलुखुम्बु, जेठ २९ गते । सगरमाथा क्षेत्रमा पर्यटकको संख्या बढाउन सरकार र व्यवशायी दुवैले पहल गर्नुपर्ने नाम्चेका व्यवशायीहरुको माग रहेको छ । सगरमाथा क्षेत्रमा वार्षिक ५० हजारको हाराहीमा मात्र पर्यटक आउने गरेकोले पर्यटकको सँख्या बढाए देशको अर्थतन्त्र मै सुधार आउने भएकोले सरकारले तत्काल सुर्केसम्म सडक सञ्जाल जोड्न पहल गर्नुपर्ने नाम्चे होटल व्यवशायी सँघ नाम्चेले जनाएको छ ।
सगरमाथा क्षेत्रमा धेरै प्रकृतिक सुन्दरता भएपनि प्रचार प्रसारको अभाव र व्यवस्थापनको कमजोरीले पर्यटकको सँख्या न्यून रहेको नाम्चे होटल व्यवशायी सँघका अध्यक्ष ङाताङ शेर्पाले बताउनु भयो । विश्वको सर्वाेच्च शिखर सगरमाथा, विश्व सम्पदा सुचिमा सुचिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज, लोपोन्मुख हाब्रे, कस्तुरी, हिमचितुवा लागयत सयौ अग्ला होचा हिमचुचुराहरु भएपनि पर्यटकको संख्या बृद्धि हुन नसकेकोले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको पर्यटन व्यावशायी टसीटाकी शेर्पाले बताउनु भयो ।
पर्यटकहरु सगरमाथा क्षेत्रमा आउदा खर्च अनुसारको सेवा सुविधा दिन सक्ने खालको होटल नाम्चेभन्दा माथि कम रहेकोले तेङबोचे, पाङबोचे, दवुचे, फेरीचे, दिङबोजे, लुवुचे, गोरक्सेप, गोक्यो लगायतका पर्यटकिय बस्तीमा व्यवस्थित होटल थप्नुपर्ने आवश्यकता रहेको व्यवशायीहरु बताउछन् । नाम्चे होटल व्यवशायी सँघका अनुसार पछिल्लो वर्षको तथ्याङ्क अनुसार नाम्चे भन्दा माथिल्लो क्षेत्रमा एउटा पनि होटल थप नभएको पाईएको छ ।
वार्षिक ५० हजारको हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउदा सबैजसो पर्यटक नाम्चेभन्दा माथिल्लो क्षेत्र गन्तव्य बनाएर आएका हुन्छन् तर व्यवस्थित होटलको अभावमा कोहि विचैबाट फर्कनुपर्ने बाध्यता भएकोले सगरमाथा क्षेत्रमा पर्यटकको बसाई र सँख्या थप्नको लागि सुर्केसम्मको बाटो र व्यवस्थित होटलको संख्या थप गर्नुपर्ने पर्यटन व्यवशायीहरुको बुझाई रहेको छ ।
नेपालको एक मुख्य पर्यटकिय गन्तव्य सगरमाथा क्षेत्रमा पर्यटक बढ्न नसक्नुको कारण एक मात्र विकल्प हवाई यातायात हुदा समय समयमा प्रतिकुल मौसम भईदिने गरेको पर्यटकहरुलाई मसस्या हुने गरेकोले समयमा नै सडक सञ्जाल जोड्नुपर्ने खुम्बु क्षेत्रका होटल व्यवशायीहरुको माग रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.