जिल्ला प्रशासन भोजपुरमा फ्रि वाईफाई

जेठ ३०/भोजपुर-जिल्ला प्रशासन कार्यालय भोजपुरमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ । नागरिकता, राहदानी लगायतका काममा आउने सेवाग्राहीको सुविधाका लागि फ्रि वाईफाई सुरु गरिएको हो ।
दिनभर घण्टौँ कुर्नुपर्ने खाली समयमा फ्रि वाईफाई भएपछि इन्टरनेटबाटै सूचनाहरु पढ्न पाउँदा पहिलेभन्दा धेरै सजिलो भएको भोजपुर नगरपालिका–५ बोखिमबाट राहदानी बनाउन आएका टिकाराम राईले सुनाए । ‘पहिले दिनभर आफ्नो पालो नआएसम्म लाइन लागेर बस्नुपर्दा हैरान भइन्थ्यो, अहिले कार्यालयमै फ्रि वाईफाई सेवा रहेछ । ईन्टरनेटमा देश विदेशका खबर र अन्य सूचना पढेर खाली समय कटाउन सहज भएको छ ।’

फ्रि वाईफाईका कारण फुर्सदको समय सदुपयोग गर्न पाएको भोजपुर नगरपालिका–११ आम्तेकबाट नागरिकता प्रमाणपत्र बनाउन आएकी सुसिला राई बताउँछिन् । उनी फुर्सदको समय इन्टरनेटमा सदुपयोग गर्दै सुचना र जानकारी लिँदा सहज महशुस हुने गरेको बताउँछिन् ।

दैनिक २ सय पचासभन्दा बढिको संख्यामा नागरिकता, राहदानी लगायत अन्य सरकारी सेवा लिन आउने सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै निशुल्क वाइफाइ सेवा उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । ।
सामाजिक सञ्जालबाट सम्पूर्ण जानकारी
फ्रि वाईफाई जोनका साथै सेवाग्राहीका लागि कार्यालयको सम्पूर्ण जानकारी दिन ‘डिएओ’ नामक फेसबुक पेज सार्वजनिक गरेको छ । राहदानी र अन्य काममा आउने सेवाग्राहीलाई फेसबुक पेजबाटै सूचना प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय भोजपुरमा सेवा लिने सेवाग्राही ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.