जित्ने सपना देख्नुपर्छ -नेयमार

जेष्ठ ३०/मस्को– विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित उपाधि विश्व कप जित्ने आफ्नो सपना रहेको ब्राजिलियन सुपर स्टारले बताएका छन् । सन् २०१४ मा घरेलु मैदानमा भएको विश्व कपमा पनि उनले उच्च प्रदर्शन गरेका थिए ।
तर, चोट कारण नेयमारले खेल्न नसकेको सेमिफाइनलमा भने टोली जर्मनीसँग ७–१ ले लज्जास्पद रुपमा पराजित भएको थियो । भोलि सुरु हुने विश्व कपमा पनि उनको उपस्थिति रहने नरहेनेमा शंका थियो । कारण पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दा तीन महिनाअघि उनको खुट्टमा गम्भिर चोट लागेको थियो ।

तर, पछिल्लो मैत्रीपूर्ण खेलमार्फत उनले फुटबलमा सफल पुनरामगन गरेका छन् । तीन महिना भन्दा बढी मैदान बाहिर रहेका नेयमारले पुनरागमन गरेक खेलमा गोल गरे । अस्ट्रियालाई ब्राजिलले ३–० ले हराउँदा पनि नेयमारले एक गोल गरे । जसले ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा तस्रो स्थानमा रहेका रोमारियोसँग नेयमारले बराबरी गरेका छन् । दुवैको नाममा ५५ गोल रहेको छ । उनीहरु भन्दा अगाडी पहिलो स्थानमा पेले (७७) र रोनाल्डो (६२) रहेका छन् । अघिल्लो विश्व कपको पिडा स्मरण गर्दै नेयमारले विश्व कप जित्ने सपना रहेको बताएका छन् । ‘हामीले विश्वास गर्नुपर्दछ । सपना देख्नुपर्दछ । हामीले त्यो विषयमा चर्चा गर्न सक्छौं । यदि तपाई ब्राजिलियन हो भने तपाई सपना देख्न सक्नुहुन्छ,’ उनले भने,‘ हामीले बढी भन्दा बढी सफलताको सपना देखेका छौं । सपना देख्न छाड्नु हुन्न ।’
सर्वाधिक पाँच पटकको विश्व कप विजेता ब्राजिलले पछिल्लो पटक सन् २००२ मा विश्व कप जितेको थियो । रोनाल्डो, रिभाल्डो र रोनाल्डो सम्मिलित टोलीले विश्वकप जितेयता ब्राजिल फाइनल पुग्न सकेको छैन । त्यसयता टोली दुई पटक क्वार्टरफाइनल र पछिल्ला विश्व कपमा चौथो भएको थियो । यसपटक समूह इमा ब्राजिल स्विट्जरल्यान्ड, सर्बिया र कोस्टा रिकासँग रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.