विश्वकपकाे अघिल्लाे दिन स्पेनद्वारा प्रशिक्षक बर्खास्त

काठमाडौं । अहिले विश्वनै ‘विश्वकप फुटबल’मय भईरहेको छ । तर स्पेनले आफ्नो प्रशिक्षकलाई बर्खास्त गरेको छ । स्पेनले विश्वकप फुटबल सुरु हुन एक दिन मात्र बाँकी रहँदा आफ्नो प्रशिक्षक लोपेटेगीलाई बर्खास्त गरेको हो । स्पेन शुक्रबार पोर्चुगलसंग विश्वकपको पहिलो खेल खेल्दै छ । लोपेटुइगीले रियल म्याड्रिडको प्रशिक्षकको भुमिका स्विकारेपछि स्पेनिस टोलीले उनलाई बर्खास्त गरेको हो । लोपेटुइगीले रियल म्याड्रिडसंग तीन वर्षको सम्झौता गरेका थिए । रियल म्याड्रिडलाई तीन पटक च्याम्पियन्स लिग जिताएपछि जिनेदी जिदानले सो पद छाडेका थिए ।
स्पेन फुटबल संघका अध्यक्षले भने, “हामी यो निर्णय लिन बाध्य भयौं किनभने हामीलाई केही खबर नै आएन । हामी लोपेटुइगीलाई शुभकामना दिन चाहन्छ ।”
अकस्मात आएको यस खबरले विश्व फुटबललाई नै आश्चर्यचकित बनाएको छ । विश्वकपमा दाबेदार मानिएको स्पेन समूह ‘बि’मा पोर्चुगल, इरान र मरोक्को संग रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.