किरातीमा स्वपहिचानको संकट राई बन्ने कि राउटे ?

–निनाम कुलुङ ‘मंगले’
संख्याको आधारमा राजनीति गर्ने र, खासगरी जातीय स्वपहिचानभन्दा पनि भोट बैंकको लागि राजनीति गर्नेहरुका लागि वास्तवमै चाखलाग्दो विषय हुन गएको छ । त्यसमाथि कानुनी रुपमा नामको पछाडि ‘राई’ लेख्न नपाउँदा (२०२१ सालको भूमिसुधार ऐन आउनुअघि र २०२८/०२९ देखि २०३४/०३५ को सेरोफेरोमा नेपालको पूर्र्वी भागमा लागू नहुँदासम्म त्यो बेला वल्लो किरात, माझ किरात र पल्लो किरात भनिने भूभागमध्ये माझ किरातका किराती मुलका रैती (अहिले चलेको भाषामा भन्नु पर्दा सर्वसाधारण नागरिक) हरुलाई नामको पछाडि ‘राई’ लेख्न पाए आफू पनि जिम्मावाल÷तालुकवाला ‘राई’ जस्तै ठूलो मान्छे होइन्थ्योकि ! भन्ने लालसाले गर्दा भूमि सुधार ऐनसँगै आएको व्यक्ति/परिवारको नाममा जग्गा–जमीन दर्ता गर्ने, लालपूर्जा लिने/दिने क्रम बढेपछि ढाक्रे/रैतीहरुले पनि आफ्नो नामको पछाडि ‘राई’ लेख्न चाहे । तर, जिम्मावाल/तालुकवाला ‘राई’हरुले ‘असलीयतमा त म पो ‘राई’ हुँ, सरकारलाई कर तिरेर ‘राई’ भएको छु, यिनीहरु कसरी ‘राई’ हुन् ? यिनीहरु त मेरा ढाक्रे हुन्, रैती हुन्, यिनीहरुलाई म मरी गए ‘राई’ लेख्न दिन्न भनी अड्डी कसेका थिए । तर, ती जिम्मावाल/तालुकवाला ‘राई’सँगै ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’हरुले भूमिसुधार ऐन आएसँगै आफूले पाएको हकअधिकार पनि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ पदवी/पगरी गएसँगै उन्मुलन भएको धेरैपछि मात्रै थाहा पाए । त्यतिमात्रै होइन, त्यसपछि स्थानीयस्तरमा शक्तिशाली रहेका जिम्मावाल/तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’हरुको हातबाट जग्गा–जमीन (किपट) खोस्नुका साथै उनीहरुले स्थानीयस्तरमै छिनोफानो गर्न पाउने गरी पाएको पञ्चखतबाहेकका नियाँ–निसाफ गर्ने अधिकारसमेत खोसियो ।
यसरी नेपालको भगौलिक एकीकरणसँगै पूर्वका किराती मूलका टाउकेहरुले पाएको जिम्मावाल/तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ पदवी/पगरी भूमि सुधार ऐन आएसँगै आफूले पाएको हकअधिकार गएपछि ती जिम्मावाल/तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’हरु दाह्रा झारेको बाघभैंm भए । त्यतिमात्रै होइन, उनीहरुको हातमा रहेको जग्गा–जमीनको हकअधिकार पनि खोसियो ।
यसबारेमा सन् २००७ मा भएको विश्व आदिवासी दिवसको अवसरमा काठमाण्डौको मल्ल होटलमा भएको छलफलको क्रममा यो पंक्तिकारले वास्तवमा ‘राई’ नेपालको कुनै जात वा जाति नभएर विगतमा (नेपालको भगौलिक एकीकरणपछि) शासकहरुले दिएको पदवी/पगरी मात्रै हो । तर, हाल त्यही ‘राई’ पदवी/पगरीलाई नै जाति मान्दा २८ भन्दा बढी किरातीहरुको जातीय स्वपहिचान लोप भएर जान लागेको छ ।’ भनी प्mलोरबाट कुरो उठाएको थियो । त्यसपछि खाना खाने समयमा डा. शिव राई (जो २०६४ को संविधानसभाको निर्वाचनपछि बनेको माओवादीको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्य भएका थिए ।) ले यो पंक्तिकारको छेउमै आएर भनेका थिए –“भाइले सारै राम्रो प्रश्न उठाउनु भयो । म पनि भोजपुरको ठूलो राईको छोरा हुँ । म सानो छँदा हाम्रो घरमा विभिन्न झैझगडा छिन्न, घरायसी राजीनामा लेख्न, बन्धकी तमसुक लेख्न रैतीहरु आउँथे । म नै त्यस्ता घरायसी राजीनामाको कागज, बन्धकी तमसुक, झैझगडाको मिलापत्र (लेख्नुपर्ने भए नत्र झैझगडा आपस्तमा कागज नगरी नै मिलाउँथे) लेख्थेँ । त्यसबापत गच्छेअुसार आना, सुका, मोहर, कसैकसैले एक रुपैयाँ पनि दिन्थे । भूमिसुधार ऐन आएपछि ऐनसँगै आएको व्यक्ति/परिवारको नाममा जग्गा–जमीन दर्ता गर्ने, लालपूर्जा लिने/दिने क्रममा ढाक्रे/रैतीहरुले नामको पछाडि ‘राई’ लेख्न चाहे भने मेरो बाबुले कुनै हालतमा ढाक्रे/रैतीलाई ‘राई’ लेख्न नदिने भए ! केही सीप नलागेपछि पञ्च–भलादमीहरु भेला भएर पाँच, छ दिनसम्म छलफल गरे । अन्ततः मेरो ‘राई’ बाबु गले । रैतीहरुको ठूलो जीत भयो । अर्थात् अब रैतीहरु पनि ‘राई’ भए !” बताएका थिए ।

पछिल्लो समय यस्तो पगरी/पदवी थकाली, क्षेत्री, बाहुन, मगर, गुरुङ, दनुवार, माझी, मधेसी, मुसलमान लगायतले पनि पाएको देखिन्छ । जस्तै हाल प्रदेश–४ का प्रदेश प्रमुख भएका पृथ्वी सुब्बा गुरुङ, २०६४ र २०७४ मा बाँकेबाट निर्वाचित भएका (तत्कालीन संविधानसभा सदस्य हालको केन्द्रीय/संघीय संसद) मोहमद इस्तियाक राई, सोलुखुम्बुका छत्रध्वोज बस्नेत, शिवबहादुर बस्नेत, कृष्णबहादुर बस्नेत, ओखलढुंगाका टेकमानध्वोज कार्की, तेजप्रसाद कोइराला, संखुवासभाका दूर्गामणि देवान (उनलाई काठमाण्डौमै भेट्न सकिन्छ । जो राईको जेठो छोरो भएको नाताले २०४५ मा आप्mनो असली राई बाबुको निधनपछि २०५१/०५२ सम्म राई भएका थिए । उता भुटानमा गर्जबहादर गुरुङ, भारतमा ऐश्वर्य राई, बेलायतमा बाली राई, जिम्बाबेका प्रधानमन्त्री मोर्गान सुभाङ्गी राई, मंगोलियाका पूर्व प्रधानमन्त्री जस राई आदि पनि राई भएका छन् । के तिनीहरु पनि हाम्रा नेपाली राईहरुका वन्ध–वान्धव हु् त ?
त्यस्तै २०६८ को राष्ट्रिय जनगाणनामा १, कुलुङ–२८,६१३ । २, नाछिरिङ–७,१५४ । ३, याम्फु–६,९३३ । ४, चाम्लिङ–६,६६८ । ५, आठपहरिया–५९७७ । ६, बान्तावा–४,६०४ । ७, थुलुङ–३,५३५ । ८, मेवाहाङ–३,१०० । ९, बायुङ/बाहिङ–३,०९६ । १०, साम्पाङ–१,६८१ । ११, खालिङ–१,५७१ । १२, लोहोरुङ–१,१५३ जातिहरु अलग्गै जातिको रुपमा आएका छन् ।
kehinajannekulung@gmail.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.