NGO र INGO मा काम गर्नेले पनि सम्पत्ति विवरण अनिवार्य बुझाउनुपर्ने

काठमाडौं/जेठ ३१ गते ।राष्ट्रिय तथा अन्तर्रािष्ट्रय गैरसरकारी संस्थामा कार्यरत पदाधिकारी र कर्मचारीले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ ।
राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थामा बेथिति र विकृति बढेको जनगुनासो आएको भन्दै गृह मन्त्रालयले पदाधिकारीको सम्पत्ति विवरण बुझाउन अनिवार्य गराएको हो । गृहमन्त्री रामबहादुर थापा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरबीच गैरसरकारी संघसंस्थाका कार्यलाई प्रभावकारी बनाउने छलफलपछि उक्त नयाँ निर्णय लिइएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले बताउनुभयो । प्रवक्ता सुवेदीका अनुसार सम्पत्ति विवरण संकलनदेखि अन्य केही नयाँ नियम बनाएर मातहतका निकायलाई परिपत्रसमेत गरिसकिएको छ । जेठ २५ गते मन्त्रीस्तरीय निर्णय गरी सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र भईसकेको बताउनुभयो । संस्था दर्ता वा नवीकरण गर्ने क्रममा संस्थाका सम्पूर्ण पदाधिकारी र कर्मचारीले सम्पत्ति विवरण पेस गर्नुपर्ने अन्यथा दर्ता तथा नवीकरण नहुने भएको छ । परिपत्र आएपछि नयाँ संस्था दर्ता गर्न वा पुरानो संस्था नवीकरण गर्ने क्रममा संस्थाका सम्पूर्ण पदाधिकारी र कर्मचारीले सम्पत्ति विवरण पेस गर्नुपर्ने अन्यथा दर्ता तथा नवीकरण नहुने भएको छ ।
मन्त्रालयको जेठ २५ कै निर्णयअनुसार तीन वर्षभन्दा बढी अवधिसम्म नवीकरण नगरेका संस्थाको नवीकरण नहुने नयाँ नियम पनि बनेको छ । यो व्यवस्थाले तीन वर्षभन्दा बढी समयसम्म नवीकरण नगरेका संस्था स्वतः खारेजीमा पर्ने भएका छन् । सबैखाले गैरसरकारी संस्थाले प्रत्येक चार महिनामा चौमासिक प्रगति विवरण जिल्ला प्रशासन कार्यालयमा अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ । विवरण पेस नगर्ने गैरसरकारी संघसंस्थाको नवीकरणमा रोक लगाइनेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.