मोलुंगमा सनराईज बैंकको शाखा

ओखलढुंगा जेठ ३१ गते । ओखलढुंगाको मोलुंग गाउँपालिकामा सनराइज बैंकको शाखा विस्तार भएको छ । नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको मान्यता प्राप्त सनराइज बैंकले आफ्नो ८७ औं शाखा मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चामा बिस्तार गरेको हो । शाखाबाट बैंकले खाता खोल्ने ग्राहकहरुले दुर्घटना बिमा र उपचार सेवाका लागि एक लाख रुपैंया सम्मको विमा गर्ने बैंकले जनाएको छ ।
आठ स्थानीय तहमध्ये सिद्धिचरण नगरपालिका र मानेभञ्ज्यांग गाउँपालिकामा मात्रै बाणिज्य बैंकका शाखा रहेका छन् । अन्य पाँच स्थानीय तहमा अझै बंैकका शाखा स्थापना भएका छैनन् ।
सनराइज बैंकको शाखा प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोेल्दै सांसद सुनुवारले स्थापना भएको बैंकको सेवाबाट गाउँपालिकाबासीलाई सहज हुने बताउनुभयो । सनराइज बैंकका नायव महाप्रबन्धक सर्वेन्द्र मिश्रले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी दिनुभयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.