गिमिनेजको गोलमा उरुग्वे विजयी

मस्को (एजेन्सी) – समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले पराजित गरेको छ । उरुग्वेको जितमा डिफेन्डर जोसे गिमिनेजले गोल गरे । खेलभरी निकै रक्षात्मक खेल पस्केको इजिप्ट इन्जुरी समयको पहिलो मिनेटमा गोल खान पुग्यो । कार्लोस सान्चेजको फ्रिकिकमा गिमिनेजले गोल गरेका हुन् ।

इजिप्टका लागि उसका गोलकिपर एल-सेनावीले शानदार प्रदर्शन गरेका थिए । उनले खेलको दोस्रो हाफमा लुइस स्वारेज र एडिन्सन काभानीका दुई राम्रो प्रहारको शानदार बचाऊ गरेका थिए । इजिप्टका लागि उनका चोटिल रहेका फरवार्ड मोहम्मद सलाह भने खेलमा सहभागी थिएनन् ।

यस जितसंगै उरुग्वेले समूह ‘ए’मा ३ अंक जोड्न सफल भएको छ । हिजो रुसले साउदी अरेबियालाई ५-० ले हराएकाले उरुग्वे गोलअन्तरको आधारमा दोस्रोमा रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.