विश्व कपमा एसियाली मुलुक इरानको विजयी सुरुवात

(एजेन्सी)– इरानले रसियामा जारी विश्व कपमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा मोरक्कोलाई १–० लाई हराउँदै इरानले सुखद सुरुवात गरेको हो । पोर्चुगल र स्पेन समेत रहेको समूह ‘बी’मा इरानका लागि यो जित महत्वपूर्ण हुन सक्दछ ।

प्रतिस्पर्धात्मक खेलमा इरानको जित भने आत्मघाती गोलमा सम्भव भएको थियो । ६० हजार भन्दा बढी दर्शक रहेको खेलमा इन्जुरी समयमा अजिज बौहाडोजको आत्मघाती गोलमा इरानले जित हासिल गरेको हो ।

६ मिनेट इन्जुरी समयको एक मिनेट बाँकी रहँदा फ्रिकिकमा आएको बल रोक्ने क्रममा बोहाडोजले हेड गर्दा आफ्नै पोष्टमा गोल भएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.