मेस्सी पेनाल्टीबाट चुके, आइसल्यान्डले गर्‍यो बराबरी

मस्को (एजेन्सी) – विश्वकप समूह ‘डि’ को पहिलो खेलमा साविक उपविजेता अर्जेन्टिना र पहिलो विश्वकपमा खेल्दै गरेको आइसल्यान्ड १-१ को बराबरीमा रोकिएका छन् ।

खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डले खेल बराबरी गरेको हो । आइसल्यान्डका लागि स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल गरेका हुन् ।

खेलको ६४ औं मिनेटमा भने अर्जेन्टिनाले पेनाल्टी पाउंदै खेलमा अग्रता लिने अवसर पाएको थियो । त्यस पेनाल्टीमा कप्तान लियोनल मेस्सीको प्रहारलाई आइसल्यान्डका गोलकिपर हालडोर्सनले रोकेका थिए । सो पेनाल्टी विश्वकपमा मेस्सीको पहिलो पेनाल्टी पनि थियो ।

अर्जेन्टिनाले अन्तिममा कैयौं प्रहार गरे पनि ती विफल भएका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.