हिलाम्ये वर्षा फेरि दोहोरिन सक्छ

काठमाडाैँ/असार ३ गते । शुक्रवार साँझपछिको वर्षा अन्य दिनको भन्दा फरक रह्यो, घर र आसपासका बोट विरुवा हिलाम्ये भएका छन् भने अन्य सामग्रीमा समेत हिलो, धुलो र मैलो लागेको छ ।

हिलो र धमिलो वर्षा भएपछि यस्तो कसरी भयो, कहाँ के भयो भन्नेमा धेरैलाई खुलदुली जागेको छ । वर्षाले वायुमण्डलमा रहेको प्रदुषण र धुँवा धुलो झारेपछि यस्तो असर देखिएको मौसमविद्हरु बताउँछन् । भारतको राजस्थान आसपासको मरुभूमिमा केहि दिन देखि चलेको हुरीले नेपालको वायु मण्डलमा भित्र्¥याएको धुँलोको कणलाई वर्षाले पखाल्दा यस्तो प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जमिनको सतहबाट २ किलोमिटर उचाई आसपासको वायुमण्डलमा कुहिरो झैं फैलिएको धुलोको कणलाई वर्षाले पखालेको हो । राजस्थान आसपासबाट धुलो मिश्रित प्रदुषित बादल नेपाल भित्रिँदा फरक प्रकृतिको वर्षा भए पनि जनस्वास्थ्यलाई ठूलो असर भने नपु¥याउने विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बताउनुभयो । ‘वायुमण्डलमा गाडी र औद्योगिक कलकारखानाबाट निस्किने प्रदुषणको मात्रा उच्च भएका बेला वर्षा भयो भने त्यसले स्वास्थ्य र वोट विरुवालाई असर पु¥याउन सक्छ, क्यान्सर समेत हुन सक्छ, तर अहिलेको वर्षा त्यस्तो विषाक्त भने होइन’–उहाँले भन्नुभयो ।

हिलाम्ये वर्षाको प्रभाव नेपालमा मात्रै होइन, पाकिस्तानका अधिकांश भेग र बंगलादेशमा परेको छ । भारतको गुजरात, राजस्थान, दिल्ली, पञ्जाव, हरियाणामा प्रत्यक्ष देखिएको छ भने भारतकै उत्तर प्रदेश, उत्तराखण्ड र हिमाञ्चलमा समेत परेको बताइएको छ । राजस्थान आसपासको मरुभूमिमा अझै पनि हुरी चलिरहेको र धुलो मिश्रित वायु पूर्व सर्ने क्रम जारी रहेकाले हिलाम्ये वर्षाको प्रभाव दोहोरिन सक्ने मौसमविद् श्रेष्ठले बताउनुभयो । ‘पश्चिमी वायु सक्रिय छ त्यसैले अझैं ७२ घन्टासम्म राजस्थानको धुलोको प्रभाव दोहोरिन सक्छ’–उहाँले भन्नुभयो । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.