एसईई नतिजा असार १० भित्रै

काठमाडौं/असार ३ गते। यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार १० गतेभित्र प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरिरहेको छ ।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीले यो वर्षको परीक्षाफल १० गतेभित्र गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो । यस बर्ष प्राविधिक धारको पनि एकै पटक नतिजा सार्वजनिक गर्ने तयारी पनिकाले जनाएको छ । प्राविधिक धार अन्तर्गत करिब ८ हजार विद्यार्थीले परीक्षा दिएका छन् । पनिकाले यो वर्ष आइभीआर, एसएमएस र वेवसाइटमार्फत परीक्षाफल हेर्ने व्यवस्था गरेको छ । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.