ओलीले तिब्बत–काठमाडौँ रेल सम्झौतामा हस्ताक्षर गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ५ दिने चीन भ्रमणको समयमा दुई देशबीच कैयौ ठूला सम्झौतामा हस्ताक्षर गर्न सक्ने अमर उजालाको अनलाइन संस्करणले जनाएको छ । यसमा उर्जा क्षेत्रमा गरिने सहयोग तथा तिब्बतको केरुङ देखि काठमाडौ जोड्ने रेल लाइनको निर्माणलाई सबैभन्दा महत्वपूर्ण मानिएको छ । ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि चीन भ्रमणमा जादैछन् ।
नेकपाका नेता गणेश शाहले यो भ्रमणको समयमा ओलीले चीनमा करिब आधा दर्जन द्विपक्षिय सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना भएको बताएका छन् । ओली चीनका प्रधानमन्त्री ली केकियाङको निमन्त्रणामा चीन जान लागेका हुन् ।
ओलीले २०१६ मा प्रधानमन्त्रीको हैसियतबाट आफ्नो छोटो कार्यकालमै चीन–नेपाल सम्बन्ध बढाउने विषयमा जोड दिएका थिए । उक्त समयमा उनले मधेशी आन्दोलनको बढ्दो प्रभावका कारण भारतमाथिको निर्भंरता कम गर्न चीनसँग ट्रान्जिट व्यापारको सन्धी पनि गरेका थिए । यसको साथसाथै हिमालयमा तिब्बतको माध्यमबाट चीनले पनि रेल नेटवर्क र सडक मार्ग बनाउने इच्छा पनि व्यक्त गरेको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.