रहेनन् वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटा

काठमाडौं – वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएको छ ।

पित्तथैलीको क्यान्सरबाट पीडित ६५ वर्षका उहाँको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज बेलुकी ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । उपचारका लागि बेलायत गए पनि डाक्टरहरुले निको नहुने भनेपछि डाक्टर देवकोटा नेपालमा नै प्राण त्याग्ने भन्दै फर्कनु भएको थियो ।

त्यसपछि उहाँलाई न्यूरो अस्पतालमा नै राखिएको थियो । गतहप्ता मात्र आफ्नो जन्मस्थान जाने इच्छा व्यक्त गरेपछि उहाँलाई हेलिकप्टरबाट गोरखा लगिएको थियो । डाक्टर देवकोटाकी ३ छोरी र श्रीमती छन् । डाक्टर देवकोटको निधन भएको समाचार सुनेपछि उहाँको शुभचिन्तकहरु अहिले अस्पताल पुगेका छन् ।

डाक्टर देवकोटको शवलाई श्रदाञ्जलीका लागि भोलि बिहान ८ बजेदेखि १ बजेसम्म न्युरो अस्पताल बाँसबारीमा राखिने छ । त्यसपछि उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । उहाँको काज किरिया ७ दिनमा सक्ने परिवारले जनाएको छ ।

अध्ययनपछि बेलायतमा नै न्यूरो सर्जरी सुरु गरेका देवकोटा स्वदेशमा नै काम गर्ने भन्दै नेपाल फर्कनु भएको थियो । वीर अस्पतालमा न्युरो अर्थात मष्तिस्कको शल्यक्रिया उहाँले नै सुरु गर्नुभएको थियो । पछि उहाँले बाँसबारीमा न्यूरो अस्पताल स्थापना गर्नुभयो । डाक्टर देवकोटा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्री पनि बन्नुभएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.