अलैचीको विरुवा निःशुल्क वितराण

सोलुखुम्बु/जेठ असार ५ गते । सोलुखुम्बुको महाकुलुङ ३ का कृषकहरुलाई निःशुल्क अलैचीको विरुवा वितरण गरिएको छ । महाकुलुङ–३ तथा साविकका छेस्काम गाविसका व्यवशायिक कृषकहरुलाई निःशुल्क अलैचीको विरुवा वितरण गरिएको नवयुग एकता विकास समिति छेस्कामका अध्यक्ष राम बहादुर कुलुङले बताउनुभयो ।
महाकुलुङ ३ को २० वटा कृषि समुहका ४ सय ७३ जना कृषकहरुलाई १७ हजार ५ सय विरुवा निःशुल्क वितराण गरिएको नवयुग एकता विकास समिति छेस्कामका सामाजिक परिचालक दोर्जी तामाङले बताउनु भयो । सामाजिक परिचालक तामाङका अनुसार पछिल्लो समय अलैची खेतितर्फ बढ्दो आकर्षण रहेकोले कृषकहरुलाई विरुवा निःशुल्क वितरण गरिएको हो । अलैचीको विरुवा समयमा पाउनुका साथै निःशुल्क पाएपछि कृषकहरु खुशी भएका छन् ।
जि फाउण्डेशनको आर्थिक सहयोगमा स्थानीय सामाजिक संस्था नययुग एकताविकास समिति छेस्कामाले विगत तीनवर्ष देखि छेस्काममा कृषि कार्याक्रम सञ्चालन गर्दै आएको छ । नवयुग विकास समिति छेस्कामले तीन वर्ष यता कृषि औजार, विउ, विरुवा, तालिम, आदी दिदै आईरहेको नवयुग एकता विकास समिति छेस्कामले जनाएको छ । समितिका कोषाध्यक्ष चत्तुर कुलुङका अनुसार सिजन अनुसारको तालिम र सामाग्री वितराण गर्दै आएकोले अलैचीको विरुवा वितरण गरिएको तथा अव छिटै नै खुर्सानीको विरुवा वितरण गर्ने कार्याक्रम रहेको बताउनु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.