गुदेल मावि र गुदेल स्वास्थ्य चौकीलाई सहयोग

महाकुलुङ, असार ५ गते । सोलुखुम्बुको महाकुलुङ ५ मा रहेको गुदेल माध्यमिक विद्यालयलाई १७ थान ल्यापटप उपहारको रुपमा प्राप्त भएको छ । कक्षा ११ र १२ सञ्चालनका लागि मासिक रुपमा शिक्षक तलव सहयोग गर्दै आएका अस्ट्रेलियन नागरिकहरु पिटर क्यारट र बोब स्केवाडले १७ थान ल्यापटप लिएर आउनु भएको गुदेल माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बहादुर राईले बताउनु भयो ।
गुदेल माध्यमिक विद्यालयसँग कक्षा ११ र १२ सञ्चालनका लागि बजेट नभएपछिे निरन्तर सहयोग गर्दै आएका अस्ट्रेलियन नागरिकहरु आफै घुम्न आउदा ल्यापटप पनि उपहार लिएर आएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईका अनुसार दाताहरुले शिक्षकहरुको तलवको रुपमा मासिक २ हजार दुई सय डलर सहयोग गर्दै आएका छन् ।
अस्ट्रेलियन दाताहरु गुदेल घुम्न आउदा ल्यापटप उपहारको रुप ल्याएपछि विद्यार्थीहरु खुशी भएका छन् । कम्प्युटर कक्षा सञ्चालन गर्न नसकिरहेको अवस्थामा सहयोग प्राप्त भएकोले अव छिटै कक्षा सञ्चालन गर्ने तयारी रहेको विद्यालयले जनाएको छ । वार्षिक रुपमा शैक्षिक सामाग्री पनि सहयोग गर्दै आएका सहयोगी दाताले यस अघि नै दुई तले विद्यालय भवन निर्माण गर्न पनि सहयोग गरेको विद्यालयले जनाएको छ ।
त्यस्तै गुदेल स्वास्थ्य चौकी गुदेललाई चार लाख ५० हजार बराबरको गर्भवती महिला तथा पेटभित्रको बच्चाको अवस्थाबारे बुझ्नको लागि प्रयोग गरिने ‘युएसजी’ मसिन सहयोग सहयोग गरेका छन् । गुदेल र आसपासका क्षेत्रमा गर्भवतीको स्वास्थ्य परिक्षण गर्न व्यवस्थित उपकरण नभएको बेला सहयोग प्राप्त भएको भन्दै स्वास्थ्य चौकीले धन्यवाद ज्ञापन गरेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.