रोनाल्डोको गोलमा पोर्चुगल विजयी

६ असार-पोर्चुगलसँग हारेसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले हराएको हो । पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गरे ।

उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुगे । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन् । उनीभन्दा अघि इरानका अलि डाईले १ सय ९ गोल गरेका छन् ।

खेलमा धेरै समय नियन्त्रण राखेर पनि मोरक्कोले गोल भने गर्न सकेन । खेलमा ५५ प्रतिशत समय मोरक्कोले बलमा नियन्त्रण बनाएको थियो । मोरक्कोले प्रहार गरेका १३ सटमा ४ सट पोस्टको दिशामा थिए । पोर्चुगलले प्रहार गरेका आठ सटमा तीन सट पोस्टको दिशामा थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.