गुदेल मावि कक्षा १० मा अध्ययनरत क्षितिजले स्काभेटर बनाए

महाकुलुङ/असार गते । सोलुखुम्बुको विकट गाउँपालिकामा भर्खर कच्ची सडक खन्न थालिएको छ । सडक खन्दा प्रयोग गरिने स्काभेटर हेरेर गुदेल माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत क्षितिज कार्कीले स्काभेटर बनाएको छ ।
पढाईमा अब्बल रहेका कार्कीले काठको टुक्रा, टिनको पाता, सलाइनका पाईप र सिरिन्जको प्रयोग गरेर स्काभेटर बनाएको बताउनु भयो । विज्ञान विषयका शिक्षक विनोद कुमार यादवको सहयोगमा चाप सम्बन्धि पास्कलको नियम अनुसार स्काभेटर बनाएको बताउनु भयो । पास्कलको नियम अनुसार बनाएको स्काभेटरले पनि माटो खन्ने, उठाउने र खन्याउने गरेको बताउनु भयो । कार्की भन्नुहुन्छ ‘स्काभेटर जस्तै काम गर्छ । सानो भएर मात्र हो नत्र रोड नै खन्थ्यौ ।’ स्रोत साधन भए साच्चिकै सडक खन्न सक्ने स्काभेटर बनाउन सक्ने कार्कीको दावी छ ।
कार्कीले बनाएको स्काभेटर हेरेर उहाका शिक्षकहरु नै चकित भएका छन् भने उसको आँटप्र्रति विश्वास्त पनि रहेका छन् । शिक्षक विनोद कुमार यादवका अनुसार कार्की पढाईमा निकै अब्बल रहेको तथा नयाँ खोजप्रति उत्शुक रहेको हुदा शिक्षकहरु विस्वास्त रहेका हुन् । उनी कक्षाको विषयगत पढाइमा मात्र नभई रचनात्मक काम, खेलकुद र विभिन्न शैक्षिक क्रियाकलापमा पनि अब्बल छ ।
गाउँमा स्काभेटर देखेर उत्शुकता र चासो भईरहे कै बेला चाप सम्बन्धी पढाई पनि भएकोले कार्कीको स्काभेटर बनाउने सपना चाडै पुरा भएको हो । विज्ञान विषयको पढाईमा विषय शिक्षक उदाहरण दिदा स्काभेर पनि प्रस्तुत गरेपछि कार्की थप उत्शुक भई विज्ञान शिक्षकसँग थप सोधेर स्काभेटर बनाएको बताउनु भयो । कार्कीका अनुसार ६ वटा सिरिन्जको सहायताले चल्ने स्काभेटरको ३ वटा सिरिन्जमा पानी भरिएको हुन्छ । सिरिन्ज १, २ र ३ को पानीलाई दवाव दिदा क्रमशः सिरिन्ज नं ४, ५ र ६ मा पानी सर्ने र त्यहि पानीको दवावको भरमा स्काभेटरले काम गर्ने बताउनु भयो
कार्की भन्नुहुन्छ‘सिरिन्ज १ को पानी दवाव दिदा माटो खन्छ, सिरिन्ज २ को दवावले माथि उठाउछ भने सिरिन्ज ३ मा दवाव दिदा उठाएको माटो खन्याउने काम हुन्छ ।’ कार्कीले गरेको नमुना कामले विद्यालय परिवार खुशी भएका छन् भने विद्यालयले गुदेल र बुङ गरि दुई स्थानमा सार्वजानिक गरेको छ भने उक्त स्काभेटर अहिले स्कुल कै संरक्षणमा राखिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.