काठेपुल बनेपछि स्थानीयहरु खुशी

अनिल कुलुङ
असार ९ गते । महाकुलुङ ५ को थोकोदोमा काठेपुल निर्माण सम्पन्न भएको छ । महाकुलुङ ५ चाचालुङ र नुर्कुम जाने मुलबाटोमा पर्ने थोकोदो खोल्सीमा पुल निर्माण सम्पन्न भएको हो ।
महाकुलुङ गाउपालिकाको २ लाख लागतमा निर्माण सम्पन्न भएको पुल निर्माण समितिका सचिव रामचन्द्र कुलुङले बताउनु भयो । चाचालुङ र नुर्कुम जान मुलबाटोमा पहिलो पटक पुल निर्माण भएपछि स्थानीयहरु खुशी भएका छन् । यस भन्दा पहिलो त्यहा पुल नुहदा वर्षाको समय कयौ पटक स्थानीयहरु उक्त खोल्सीको पानीले थुनिएका तितो घटना रहेको भएपनि अव त्यस्तो नहुदे भन्दै खुशी भएका हुन् ।
हिउदको समयमा सानो पानी मात्र आउने उक्त खोल्सीमा वर्षातको समयमा ठुला नदि भन्दा कम छैन । त्यसैले उक्त बाटो हुदै हिड्ने स्थानीयलाई आपत बनाएको बनाएको थियो । तर यसपाली पुल बनेपछि त्यस्तो समस्या नदोहोरीने भन्दै चाचालुङबासी खुशी भएका हुन्
उक्त खोल्सीमा मानविय क्षति नभएपनि धेरैको खाद्यान्न, कपडा, साथमा बोकेको भारी बगाईदिएको तितो सत्य छ । यस्ता घटना नदोहोरीनेमा स्थानीयहरु ढुक्क छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.