ट्यूनिशियामाथि बेल्जियमको ५-२ को शान्दार विजय

असार ९/मस्को (एजेन्सी) – विश्वकप फुटवलमा समूह ‘जी’मा रहेका बेल्जियम र ट्युनिसियाको बीच भर्खरै सम्पन्न खेलमा बेल्जियम ५-२ ले विजयी भएको छ।

खेलको ११ औं मिनेटमा पेनाल्टीबाट बेल्जियमले गोलको खाता खोलेको थियो। बेल्जियमका लागि इडन हजार्डले सो गोल गरे ।

यसैगरी खेलको १६ औं मिनेटमा लुकाकुले बेल्जियमको अग्रता दोब्बर पारे।

पहिलो हाफको १६ मिनेटभित्र २-० ले पछि परेको ट्यूनिशियाले खेलको १८ औं मिनेटमा पहिलो गोल गर्दै खेलमा पुन:रागमनको संकेत गर्‍यो। १८ औं मिनेटमा डिलान ब्रोनले ट्युनिसियाका लागि गोल गरेका थिए।

२-१ को नतिजापछि दुबै टिमले एकअर्को पोस्टमा निरन्तर आक्रमण बनाएका थिए तर खेलको अतिरिक्त समयको तेश्रो मिनेटमा बेल्जियमका लुकाकुले तेश्रो गोल गर्दै ट्यूनिशियामाथि दबाबलाई फेरि बढायो।

पहिलो हाफमा ३-१ले पछाडी परेको ट्यूनिशियाले दोश्रो हाफको ५१ औं मिनेटमा बेल्जियमका हजाडबाट चौथो गोल खायो।

४-१ ले पछि परेको अवस्थामा पनि ट्यूनिशियाले खेलमा फर्किने प्रयास गर्दै विपक्षी बेल्जियममाथि आक्रमण गरेपनि गोल भने गर्न सकेनन्।

यस्तैमा ४-१ को हारतर्फ बढिरहेको झै देखिएको ट्यूनिशियाले खेलको ९० औं मिनेटमा बेल्जियमका बात्सुयाइले गोल गर्दै आफ्नो टोलीको जीतलाई झन फराकिलो बनाइदिए।

यसअघि पनि बात्सुयाइले गोल गर्ने सुन्दर केहि मौकाहरू गुमाएका थिए।

यसरी ५-१ गोलको अन्तरमा रहेको ट्यूनिशियाका लागि खजारीले सान्तवना गोल गरे र बेल्जियमसँगको हारलाई ५-२ मा झारे।

पहिलो खेलमा पानामालाई ३–० ले पराजित गरेको बेल्जियम आजको खेलमा विजयी भएसँगै नकआउट चरणमा प्रवेश गरेको छ भने ट्युनिसियाको विश्वकप यात्रा समूहचरणबाट सकिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.