फिल्म जस्तै ठुलो पर्दामा हेरेर पढेपछि जान्न सजिलो

महाकुलुङ, असार १० गते । सोलुखुम्बुको महाकुलुङ ४ मा अवस्थित बासुकी आधारभुत विद्यालय कक्षा ८ मा अध्ययनरत सृष्टि राई निकै खुशी हुनुहुन्छ । पहिले पढ्न भनेपछि अल्छि लाग्ने राईको पढाईप्रतिको चासो ह्वात्तै बढेको बताउनु हुन्छ । त्यस्तै विद्यालयमा दैनिक गयल हुने विद्यार्थीको सँख्या पनि घटेको विद्यालयसँग तथ्याङ्क छ । विद्यालयका प्रधानाध्यपक खड्ग बहादुर राईका अनुसार प्रोजेक्टरको प्रयोगबाट पढाउन थालेपछि विद्याथीहरुले बढि चासो दिने तथा पढाईमा पनि सुधार आएको बताउनु हुन्छ ।
विद्यालयले प्रोजेक्टरको प्रयोगबाट पठनपाठन सुरु गरेपछि विद्यालयका शिक्षकहरुको व्यस्तता बढेको शिक्षक अविन्द कुमार राई बताउनुहुन्छ । ‘कक्षामा हुने पढाई अनुसारको चित्र, चुटकीला, कथन, नक्सा आदी खोजेर कक्षालाई थप व्यवहारिक बनाउन आफु लागि परेको छु ।’ शिक्षक राईका अनुसार यसरी व्यवहनरिक पक्षलाई ध्यान दिएर पढाउन थालेपछि विद्यार्थीहरुको पढाई प्रतिको चासो बढेको छ ।
कक्षामा विषयगत पढाई हुदा कितावको मात्र घोकाउदा विद्यार्थीहरुको मानसमा छाप नबस्ने भएकोले सस्तो तथा कम मुल्य पर्ने स्थानीय शैक्षिक सामाग्रीको व्यवस्था तथा पाठलाई बुझाउन, शब्दपत्ति, वाक्यपत्ति, चित्र, भिडियो, नाटक आदी प्रोजेक्टरमा देखाउन थालेपछि पढ्न पनि मजा आउन लागेको विद्यार्थीहरु बताउछन् । विद्यार्थी साधना कुलुङ भन्नुहुन्छ‘पढाईलाई जवरजस्ति भन्दा पनि सजिलो तथा रमाईलो तरिकाले सरहरुले पढाउदा बढि बुझिदो रहेछ ।’
विद्यालयमा पछिल्लो समय विचैमा कक्षा छोड्ने त्र,म बढेपछि यस शैक्षिक सत्रबाट विद्यार्थीहरुलाई आर्कषण गर्न थालनी गरिएको शिक्षक अविन्द कुमार राईले बताउनु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.