एउटै विद्यालयबाट ५ विद्यार्थीको ४ जीपीए

असार १० गते/पोखरा — शनिबार प्रकाशित एसईई परीक्षाको नतीजामा पोखराको एक विद्यालयका ५ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मासवारस्थित मदरल्यान्ड माविका प्रयास पौडेल, कृति बराल, झरना पौडेल, वर्षा बराल र रन्जन यादवले ४ जीपीए ल्याएका हुन् ।
देशैभरबाट २४ विद्यार्थीले ४ जीपीए ल्याएकोमा एउटै विद्यालयका ५ विद्यार्थी रहेका छन् । यसैगरी पोखराकै फिस्टेल एकेडेमीका सुशान्त रानाभाटले पनि ४ जीपीए ल्याउन सफल भएका छन् ।
मदरल्यान्डका प्रिन्सीपल नारायण बरालले परीक्षाको नतीजाले विद्यालय परिवारमा खुशीको सीमा नरहेको बताए । ‘पूर्वाधार, शिक्षक, विद्यार्थीको निरन्तरको मेहनत, सिक्ने र सिकाउने वातारण र विद्यार्थीलाई आवस्यक स्वन्त्रता रहने गरी पढाईमा स्वामित्व लिने हैसियतलगायत कारणले यो नतीजा आएको हो,’ उनले भने, ‘विगतका परीक्षामा पनि जिल्ला, क्षेत्र र राष्ट्रियस्तरको सफलताको निरन्तरता ठानेका छौं ।’
उक्त विद्यालयबाट १ सय ५० विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ सय ७ ए प्लस, ३५ ए र ८ जना बि प्लसमा उत्तीर्ण भएका छन् । फिस्टेल एकेडेमीका प्रिन्सीपल चिनु रानाभाटले विद्यालयले बनाएको पढाईको रुटीनको फ्रेमवर्कभित्र रहेर विद्यार्थीले मेहनत गरेका कारण सफलता मिलेको बताए । सबै विद्यार्थीले आफूहरुको मिहेनतका कारण सफलता हासिल मिलेको प्रतिक्रिया दिएका छन् ।

-www.kantipurdaily.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.