जापान र सेनेगल रोकिए, छनोट अझै पक्का भएन

असार १०/इकाटिरनबर्ग (एजेन्सी) – विश्वकप समूह ‘एच’ को तेस्रो खेलमा जापान र सेनेगलले २-२ को बराबरी खेलेका छन् ।
सेनेगलका लागि कप्तान साडियो मानेले गोल गर्दै टोलीलाई ११ औं मिनेटमा अग्रता दिलाए । तर, खेलको ३४ औं मिनेटमा ताकासी इनुइले गोल गर्दै खेल बराबर पारेका थिए ।

१९ वर्षे युवा खेलाडी मुसा वागले सेनेगलका लागि गोल गर्दै फेरी अग्रता दिलाए । उनी विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका हुन् ।

त्यस्तै, परिवर्तित खेलाडीका रुपमा आएका काइसुके होन्डाले ७८ औं मिनेटमा गोल गर्दै जापानको १ अंक सुनिश्चित पारेका हुन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.