पोल्यान्डमाथि कोलम्बियाको जित

असार ११/काजान (एजेन्सी)– पोल्यान्डलाई ३–० ले हराउँदै कोलम्बियाले विश्व कपको नकआउछ चरणमा पुग्ने सम्भावनालाई जीवित राखेका छ । समूह एचमा पहिलो खेलमा जापानसँग २–१ ले स्तब्ध कोलम्बियाले पोल्यान्डलाई कुनै मौका नदिइ अघिल्लो चरणको यात्राको सम्भावनालाई जीवित राखेको हो ।
कोलम्बियाको जितमा येरी मिना, कप्तान राडामेल फाल्काओ र हुवा कोड्राडोले गोल गरेका थिए । लगातारको दुई हारपछि पोल्यान्ड विश्व कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेललाई सेनेगललाई हराउन सके कोलम्बिया प्रि क्वार्टरफाइनलमा पुग्ने छ । यदि बराबरीमा रोकिएको खण्डमा भने जापान र पोल्यान्डबीचको नजितापछि अघिल्लो चरण पुग्ने दुई टोलीको टुंगो लाग्ने छ ।
४० औं मिनेटमा मिनाको गोलमा कोलम्बियाले खेलमा अग्रता लिएको थियो । पहिलो रोजाइमा परेका हामेस रोड्रिग्वेजको क्रसमा मिनाले नजिकबाट हेड गोल गर्दै अग्रता दिलाएका थिए । फाल्काओले ७० औं मिनेटमा गोल गरे । चोट कारण अघिल्लो विश्व कप गुमाएका फाल्काओको विश्व कपमा त्यो पहिलो गोल हो । ७५ औं मिनेटमा कोड्राडोले गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । रोड्रिग्वेजको चलाखीपूर्ण पासमा बलअघि बढाउँदै कोड्राडोले गोल गरेका थिए ।
यसअघि समूहको अर्को खेलमा जापान र सेनेगलले २–२ बराबरी खेलेका थिए । समान ४ अंक जोडेका यी दुई टोली मध्ये जापान शीर्ष स्थान र सेनेगल दोस्रो स्थानमा छ । कोलम्बिया ३ अंकसहित समूहको तेस्रो स्थानमा पुगेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.