सोनम तामाङकी श्रीमती ग्याल्मोलाई भगाएकै कारण जंगबहादुरको हत्या !

काठमाडौं । तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाको निधनसम्धन्धी थुप्रै मिथक छन् । सर्लाहीको जंगलमा शिकार खेल्न जाँदा सेतो बाघको आक्रमणबाट उनको मृत्यु भएको एकथरीको भनाइ छ । अर्काथरीले उनको निधन झाडापखालाले भएको भन्ने तर्क अघि सार्छन् ।

तर तामाङ समुदायमा भने जंगबहादुरको मृत्यु उनकै जार सोनामले काटेर भएको भन्ने मिथक पाइन्छ । सर्लाही पत्थरघट्टाका सोनम तामाङकी श्रीमती ग्याल्मोलाई भगाएकै कारण जंगबहादुरको हत्या भएको प्रसंगलाई नाटक ‘सोनम ग्याल्मो’ले मञ्चमा उठाएको राजधानी दैनिकमा समाचार छ ।

शुक्रबार राजधानीमा सुरु भएको ज्योतिरीश्वर रंग उत्सव–२०७५ मा आइतबार मञ्चित नाटक सोनाम ग्याल्मो जंगबहादुर हत्यामा केन्द्रित थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.