कांग्रेसमा दोस्रो पुस्ताको अलग गुट बनाउने तयारी

काठमाडौं । १३औं महाधिवेशन पछि विभिन्न गुट–उपगुटमा विभक्त नेपाली कांग्रेसभित्र दोस्रो पुस्ताको अलग गुट बनाउने तयारी भएको छ ।

महाधिवेशन पछि कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका गरी तीन गुटमा रहेको कांग्रेसमा हेटौंडामा सम्पन्न जिल्ला सभापतिहरूको राष्ट्रिय भेला पछि दोस्रो पुस्ताको फरक गुट बनाउने तयारी भएको हाे ।

जिल्ला सभापति भेलामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए पछि दोस्रो तहका नेताको गुट बलियो बन्न थालेको छ । देउवा र पौडेल शीर्ष तहका नेता हुन् ।

कांग्रेस उच्च स्रोतका अनुसार पौडेल सभापति शेरबहादुर देउवासँग जुहारी खोजेर नभई सहमतिबाटै आउँदो कार्यकालमा आफूलाई नेतृत्वमा उभ्याउने पक्षमा लागेकाे राजधानी दैनिकमा समाचार छ ।

उनलाई देउवाले आउँदो महाधिवेशनमा सघाउने आश्वासनमा समझदारी गरेका छन् । ‘हेटाैँडामा वरिष्ठ नेता पौडेलले एकाएक कसरी खुट्टा छोड्नु भो, हामी नै चकित भएका छौं । सिटौला र सिंहलाई बोल्न नदिँदा उहाँ आक्रमक हुनुहोला भन्ने थियो, उल्टै ओइलाउनुभयो,’ एक युवा नेताले भने ।

हेटौंडा जानुअघि गत २९ जेठमा ट्रेड युनियन कांग्रेसको निर्वाचनसम्म एकअर्काप्रति कडा रूपमा प्रस्तुत भएका दुवै शीर्ष नेताले हेटौंडामा सम्पन्न भेलाको समापनबाट भने पार्टीभित्र गुट–उपगुटको अन्त्य गर्नुपर्ने सन्देश दिएका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.