टर्कीको राष्ट्रपतिमा एड्रोगान पुन: विजयी

असार ११, इस्तानबुल (टर्की) । टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै पुन: राष्ट्रपतिमा निर्वाचित भएका छन् । हालै सम्पन्न निर्वाचनमा बहुमत पाएसँगै उनी थप पाँच बर्षका लागि शक्तिमा आएका हुन् । सर्वोच्च निर्वाचन वोर्डका अनुसार एड्रोगानको पक्षमा ५२ दशमलव ५ प्रतिशत मत परेको छ । उनका निकटम प्रतिद्वन्द्वीले भने ३० दशमलव ७ प्रतिशत मत ल्याएको जानकारी दिइएको छ । पुन: राष्ट्रपतिमा निर्वाचित भएपछि एड्रोगान रुस, इरान, सर्विया, बोस्निया, बोल्गरीयालगायत देशहरुले खुशी र शुभकामना व्यक्त गरेका थिए । रासस/एएफपी

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.