प्रचण्डको तस्बीर सगरमाथा शिखरमा

कुम्भराज राई
असार १२ गते । सोलुखुम्बु– सगरमाथा शिखरमा अनेकन किर्तिमानी कायम हुने गरेका छन् । शिखरमा पुग्नु आफैमा एउटा किर्तिमानी हो । धेरै जसोले आफ्नो देशको झण्डा शिखरमा पु¥याएर फहराउने गर्छन् । तर त्यहा“ नपुगेपनि पुग्न पाए हुन्थ्यो भन्ने इच्छा धेरैमा हुनेगर्छ ।

@= ;u/dfyf hfg’ cl3 cfkmgf] t:aL/ x:tfGt/0f ub}{ g]tf k|r08 .
t:aL/ ;f}hGo M clgz n’O{6]n

त्यस्तै इच्छा नेता प्रचण्डमा पनि देखियो । यसैवर्षको आरोहण सिजनमा नेपाल कम्यूनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बीर पनि सगरमाथा शिखरमा पु¥याइएको छ । झापाका आरोही अनिश लुईटेलले वैशाख ३१ गते सोमबारका दिन प्रचण्डको तस्बीर सगरमाथा शिखरमा पु¥याएका थिए । प्रचण्ड स्वयम्ले अनिशलाई पार्टीको झण्डा र तस्बीर आरोहण जानु पूर्व हस्तान्तरण गरेका थिए ।
‘म आरोहणबाट फर्किए लगत्तै संयुक्त रुपमै सार्वजनिक गर्ने नेता प्रचण्डको इच्छा थियो ।’ आरोही लुईटेलले भने, ‘तर उहा“को व्यस्तताले गर्दा पत्रकार सम्मेलन गर्न सकिएन र उहा“हरुको अनुमतिले अहिले सार्वजनिक गरेको हु“ ।’ आरोहण जानुअघि प्रचण्डलाई भेट्ने क्रममा दुवैजनाको इच्छा अनुसार नै तस्बीर र झण्डा लगेको उनले बताए ।
तिब्बती मोहडाबाट सगरमाथा आरोहण गरेका लुईटेलले दुईवर्ष अघि पनि नेपाली मोहडाबाट आरोहण गरेका थिए । त्यतिखेर उनले नेपालको संविधान २०७२ लाई सगरमाथा शिखरमा पु¥याएका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीको हातबाट संविधान लिई गएका लुईटेलले सो संविधान र राष्ट्रिय झन्डा ओलीलाई नै हस्तान्तरण गरेका थिए । उनी नेपाल स्काउटका तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पनि हुन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.