जथाभावी लेख्ने दुई पक्राउ: सामाजिक सञ्जालमा संयमित हुन तथा धम्की र गाली गलौजको भाषा प्रयोग नगर्न रविको आग्रह

काठमाडौं । महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान प्रतिष्ठामा आघात पु¥याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले न्यूज २४ टेलिभिजनमार्फत प्रसारण हुने ‘सीधा कुरा जनता’ उपर परेको उजुरीका आधारमा छानबिनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा जथाभावी लेख्ने इलाम घर भई ललितपुर बस्ने विनोद गौतम र नवलपरासीका ३६ वर्षीय विष्णु ढकाललाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये गौतमलाई टेकु र ढकाललाई नवलपरासीको सुनवलमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको हो । उनीहरुलाई विद्युतीय कारोबार ऐनअन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौँमा अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम रु एक लाखसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

के भन्छन् त ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने ?

यता ‘सिधाकुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछानेले पटक पटक सबैलाई सामाजिक सञ्जालमा संयमित हुन, धम्की तथा गाली गलौजको भाषा प्रयोग नगर्न आफ्नो समर्थकहरुलाई आग्रह गरिरहेका छन् ।

दुई जना पक्राउ परेकाको बारेमा प्रतिकृया माग्दा उनले विद्युतिय कारोबार ऐनको सबैले पालना गर्नु पर्ने कुरामा जोड दिदै पक्राउ पर्नेहरुले क्षणिक आवेश र आक्रोशमा आई त्यस्तो लेखेको हुनसक्ने लामिछानेले बताएका छन् ।

त्यस्तै पक्राउ परेकाहरुको नियत अपराधिक नहुनसक्ने तर अत्याधिक समर्थन र अत्याधिक विरोधमा त्यस्ता शब्दहरु प्रयोग भएको हुनसक्ने अनुमान लागएका छन । साथै, पक्राउ परेकाहरुलाई सचेत गराई क्षमा गरियोस् भनी मागसमेत गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.