टुङ्गियो एप्पल-सामसुङ प्याटेन्ट लडाई

असार १४/अमेरिका-अमेरिकी आइफोन निर्माता कम्पनी एप्पल र दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङबीचको प्याटेन्ट विवाद अन्तत: टुङ्गिएको छ । सात वर्षसम्म चलेको प्रतिस्पर्धी कम्पनीको प्याटेन्ट उल्लङ्घनसम्बन्धी लडाई अब भने सकिएको हो । यो कसरी भयो भन्नेबारे भने केही पनि खुलाइएको छैन । २ अर्ब डलर क्षतिपूर्ति माग्दै सामसुङ विरुद्ध सन् २०११ मा एप्पलले साभमसुङ विरुद्ध मुद्धा दायर गरेपछि लडाई शुरु भएको थियो ।

यसपछि विश्वभर विभिन्न स्थानमा यी दुई कम्पनीले एकअर्का विरुद्ध मुद्धा दायर गरेका थिए । सन् २०१२ मा अमेरिकी न्यायाधिसले सामसुङलाई १ अर्ब ५ करोड डलर क्षति पूर्ति तिर्न आदेश दिएका थिए । २०१६ मा भने त्यहाँको सर्वोच्च अदालतले सामसुङको पक्षमा निर्णय गरेको थियो । केही हप्ता अघि मात्रै अमेरिकी न्यायाधिसले ओरिजिनल आइफोनको फिचर नक्कल गरेर कम्पनीलाई भएको क्षति बापत एप्पललाई ५३ करोड ९० लाख डलर तिर्न आदेश दिएका थिए ।

-एजेन्सी

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.