तिमी करोडमा सानु, म चाहिँ रोडमा(भिडियोसहित)

 

 

काठमाडौं । गायक संगम लिम्बुले फरक शैलीको गीत लिएर आएका छन् । उनले ‘तिमी करोडमा सानु म चाहिँ रोडमा..’ गीत लिएर स्रोता र दर्शकमाझ आएका हुन् ।
थुप्रै गीतमा सङ्गीत तथा स्वर दिएका संगमले यो गीत फरक शैलीको बनाउने प्रयास गरेको बताएका छन् । गीतमा सङ्गीत विना पनि शब्दमा गाएका छन् उनले । ‘मैले एउटा फरक प्रयोग गर्न खोजेको हुँ’, दर्शकरस्रोताले पक्कै मनपराउनु हुने छ भन्ने आशावादी रहेको छु’, उनले भने ।
संगमकै शब्द, सङ्गीत र स्वरमा रहेको यो गीत उनको आफ्नै सुगम शैली र लोक प्याट्रन भन्दा फरक रहेको छ । महेश महराको छायाँकन, विरेन्द्र भाट ‘विपिन’ र संगमको निर्देशनमा तयार भएको भिडियोमा संगमआफैँ, शान्ति लिम्बु, दीपा र मनले अभिनय गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.