आफ्नो न्युजकर्मीले जग्गा दान गरे

महाकुलुङ, असार १४ गते । आफ्नो न्युजका समाचारदाता जित कुलुङले स्थानीय तहलाई जग्गा अनुदानमा दिनु भएको छ । सोलुखुम्बुको महाकुलुङ ४ को वडा कार्यालय निर्मााणका लागि २ रोपनी जग्गा वडापालिकाको कार्यालयलाई निःशुल्क प्रदान गर्नु भएको महाकुलुङ ४ का वडा सदस्या नारद कुलुङले जानकारी दिनुभयो ।
गाउपालिका वडा ४ को कार्यालय निर्माणको लागि जग्गाको अभाव भईरहेको बेला आफ्नो न्युजका समाचारदाता तथा महाकुलुङ ४ लुच्चामका समाजसेवी जित कुलुङले वडापालिकालाई जग्गा निःशुल्क उपलब्ध गराएको वडा अध्यक्ष जय कुवेर कुलुङले बताउनु भयो । जग्गादाता कुलुङलाई वडापालिकाले धन्यवाद दिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.