सोलुखुम्बुका जिप दुर्घटना आधा दर्जनको मृत्यू

सोलुखुम्बु, असार १५–सोलुखुम्बुका आज जिप दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । जिल्लाको नेचा सल्यान गाउपालिकावाट दरमुकाम सल्लेरी आउँदै गरेको जीप सल्यानको महादेवस्थान भीरमा दुर्घटना हुँदा ६ जनाको घटनास्थल मै मृत्यु भएको छ भने एक जनाको उपचारको क्रममा मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रद्युम्न अधिकारीका अनुसार ७ जना रहेको को १ ज १८६० नम्बरको बोलेरो डबल क्याब जिप दुर्घटना भएको हो । दुर्घटनामा नेचा सल्यान २ की २५ वर्षिया शुसिला खड्का, नेचा सल्यान २ कै ३५ वर्षिया उर्मिला बास्तोला, खोटाङ खाल्टेका २४ वर्षिय कोपिला बस्नेत कार्की, सिराहाका ३६ बर्षिय शिवकुमार यादव, ओखलढुङ्गाका ४० वर्षिय श्यामकुमार राई, जिप चालक उदयपुरका २१ वर्षिय कुसाङ तामाङ र सुस्मा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रद्युम्न अधिकारीले बताउनु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.