६ महिनामा १९ बालिका बलात्कृत

सुनसरी/असार १६ गते-६ महिनाको अवधीमा सुनसरीमा १९ जना बालिका बलात्कारको शिकार भएका छन् । कुल ३४ वटा बलात्कारका घटनामा १५ महिलाहरु पीडित भएको पाइएको छ ।

इन्सेक सुनसरीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ लाई आधार मानी तयार पारेको अर्धवार्षिक प्रतिवेदन अनुसार ६ महिनाकै अवधीमा १३ वटा बलात्कार प्रयासका घटना सार्वजनिक भएका छन् । यसमा बालबालिका बढि पीडित भएका छन् ।

इन्सेक जिल्ला प्रतिनिधी जयकृष्ण यादवका अनुसार सुनसरीमा ६ महिनाको अवधीमा १३ वटा बहुविवाहका घटना भएका छन् । त्यसैगरी २ वटा बाल विवाह, मानव बेचविखन सम्वन्धि १० घटना, हत्याका ६ र अपहरण सम्वन्धी ५ तथा बोक्सीको आरोपमा कुटपिट भएको एउटा घटना भएको इन्सेक सुनसरीको तथ्याङकमा उल्लेख गरिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!