विश्वकपबाट मेस्सी र रोनाल्डो एकै दिन बाहिरियो

सिया विश्वकप फुटबल प्रतियोगिताबाट एकै दिन विश्वकै दुई स्टार फुटबलर बाहिरिएका छन् । वर्तमान समयकै उत्कृष्ट तथा महंगा खेलाडीद्वय लियोनल मेसी तथा क्रिस्टियानो रोनाल्डो विश्वकपको नकआउट चरणबाटै बाहिरिएका हुन् । प्रतियोगिताको पहिलो प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ ले अर्जेन्टिना पराजित भएपछि अर्जेन्टिनी कप्तान लियोनल मेसीको विश्वकप यात्रा समाप्त भएको थियो ।
शनिबार अवेर राति उरुग्वेले सन् २०१६ को युरोकप च्याम्पियन पोर्चुगलमाथि २–१ को कठिन जित निकाल्दा रोनाल्डोको रसिया विश्वकप यात्रा प्रिक्वार्टरफाइनलमै सिमित भयो ।

संयोग नै मान्नुपर्छ, एक दशकदेखि विश्वको उत्कृष्ट फुटबलरको होडमा प्रतिस्पर्धी रहेका मेस्सी र रोनाल्डो दुबै एकैदिन विश्वकपबाट बाहिरिए ।  त्यसको केही घन्टा नवित्दै रोनाल्डो पनि विश्वकपबाट बाहिरिएका छन् । चार वर्षपछि सन् २०२२ मा विश्वकप हुँदै गर्दा मेस्स ३५ वर्षको हुनेछन् भने रोनाल्डो ३७ वर्षका भइसक्नेछन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.