उच्च शिक्षाका लागि ७२ देशमा नेपाली विद्यार्थी

असार १७/काठमाडौं – चालु आर्थिक वर्षमा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि ७२ देशमा पुगेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको छात्रवृत्ति शाखाले गएको साउनदेखि असारसम्म विश्वका ७२ देशमा नेपाली विद्यार्थी पुगेको जानकारी दिएको हो ।

यो अवधिमा ६२ हजार २ सय विद्यार्थीले पढ्नका लागि स्वीकृतिपत्र लिएका छन् । यो संख्या दुई वर्ष अघिको तुलनामा झण्डै दोब्बर हो । दुई वर्ष अघि ३२ हजार ४ सय ८९ ले विदेशमा उच्चशिक्षाका लागि स्वीकृति लिएको शाखाले जनाएको छ । यो संख्या गएको वर्ष ५० हजार ६ सय ५९ पुगेकोमा यो वर्ष बढेर ६२ हजार नाघेको हो ।

शाखाका प्रमुख देवीप्रसाद उपाध्याय पौडेलका अनुसार दैनिक सरदर दुईसय जनाको हाराहारीमा नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि विदेश जाने स्वीकृतिपत्र लिइरहेका छन् । जसमा सबैभन्दा धेरै अष्ट्रेलिया त्यसपछि जापान र अमेरिका जाने गरेको उहाँले जानकारी दिनुभयो ।

-www.unn.com.np

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.