नाम मात्रै खुलामञ्च एकातिर टहरा, अर्कातिर पार्किङ

काठमाडौँ । मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण सभा सम्पन्न हुँदै आएको काठमाडौँको खुलामञ्च क्षेत्र यतिखेर निकै विरूप र अत्यासलाग्दो आवस्थामा छ ।काठमाडौँ महानगरपालिका वडा नं २८ मा रहेको करिब ३४ रोपनीको यो मञ्च क्षेत्र सम्बन्धित् वडा कार्यालयको पहुँच बाहिर पनि छ ।

अचेल यहाँ मञ्चको एकातिर स–साना गोदाम र टहरा बनिरहेको छ भने अर्कातिर पार्किङ स्थल छ । यो क्षेत्रमा यात्रुले त्याग गर्ने मलमूत्रका साथै फोहर र अव्यवस्थित आवागमनले मञ्च क्षेत्र न उभिन लायक छ, न बस्न लायक ।

वडा नं २८ का अध्यक्ष भाइराजा खड्गीका अनुसार यहाँको फोहर र दुर्गन्धले मञ्च क्षेत्र अशोभनीय भएको छ, यत्रतत्र फोहरले सारै नमज्जाको ठाउँ पो हुन गएको छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.