सत्ताधारीहरु अधिनायकवादतिर, कांग्रेससँग रोक्ने तागत हुनुपर्छ : सिटौला

काठमाडौं/असार १८-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्ताधारीहरु अधिनायकवादतिर अघि बढिरहेको भन्दै रोक्ने तागत कांग्रेससँग हुनुपर्ने बताएका छन् ।

स्व. गिरिजाप्रसाद कोइरालाको ९४औं जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा सिटौलाले कांग्रेसले सरकारमा रहेकाहरुलाई लोकतन्त्रको दायरामा राख्न सक्नुपर्ने बताए ।

सिटौलाले कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो स्वार्थभन्दा माथि उठेर पार्टीभित्रै एकता खोज्नुपर्ने सुझाव पनि दिए । कार्यक्रममा कांग्रेस सांसद भीमसेनदास प्रधानले कांग्रेसमा ‘भिजन’ भएको र पार्टीले गरेका कार्यहरु जनतालाई बुझाउनसक्ने क्षमता भएको नेतृत्वको आवश्यकता रहेको बताए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.